back
CTIZAN AD

हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

वि.सं.२०७८ असार ३१ बिहीवार

795 

shares

३१ असार, काठमाण्डौ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

स्वास्थ्य अवस्था बिग्रीएपछि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत रहेका वलीलाई थुनामा राखेर पुर्पक्ष गर्न लगाउनु ‘मानवीय दृष्टिले मनासिव नदेखिएको’ सर्वोच्चको आदेशमा उल्लेख छ । आदेशमा ‘पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी साधारण तारेखमा राखेर छाड्न’ भनिएको छ ।

वली २०७५ चैत्र १२ गते ओली काभ्रेबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत ललितपुरले नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा २०७६ साल जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेश वेरितको भन्दै वलीले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । उच्च अदालतले पनि वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । आदेशविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनको रिहाईका लागि वरिष्ठ अधिवक्ता एकराज भण्डारी तथा अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी र प्रकाश महर्जनले बहस गरेका थिए ।

वि.सं.२०७८ असार ३१ बिहीवार १९:४४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...