१ साउन, बारा । बाराको निजगढ —२ सिंगौलमा असार २९ देखी ३१ सम्म आयोजित “ निजगढ सिटीकप” मार्शल आर्टस् फेस्टिबलमा बागमति प्रदेश टिम विजेता बनेको छ ।
मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जिति जनही नगद ५० हजार हात पारेका छन् ।
त्यस्तै आइटिएफ तेक्वान्दो तर्फ प्रदेश नं १ का मिशन तामाङले रजत पदक हात पार्दै २५ हजार नगद जितेका छन् भने प्रदेश १ कै आशिष क्षेष्ठले कास्य पदक जिती नगद १० हजार जगद हात पारेका छने ।
फुलकन्ट्याक्ट कराते तर्फ २ नम्बर प्रदेशकी निसिदा आलेले रजत पदक जिति नगद २५ हजार पाउन सफल भइन भने २ नम्बर प्रदेशकै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जिती नगद १० हजार पाउन सफल भए ।
प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्रि र जुरीगरी १३२ जना सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दीनेश शर्माले जानकारी दिए ।
त्यस्तै विशेष मनोरन्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ प्रथम भई नगद १५ हजार हात पार्न सफल भइन् भने वडा नं. २ कै मिन कुमारी साहीले द्धितिए स्थान हासिल गरी नगद १० हजार जित्न सफल भईन् । तृतिय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भई नगद ५हजार हात पारिन् । दौडमा ३० जनाको सहभागिता थियो ।
नेपाल तेक्वान्दो महासंघको आयोजना, नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघको तत्वधान र निजगढ नगरपालीकाको सहयोगमा आयोजित उक्त प्रतियोगिता २ नंं प्रदेशकै उच्चस्तरको रहेको बुझिएको छ ।
वि.सं.२०७८ साउन १ शुक्रवार १८:५७ मा प्रकाशित



























