back
CTIZAN AD

जिल्लामै उदाहरणीय बन्यो महिलाहरुको सामूहिक तरकारी खेती

वि.सं.२०७८ साउन ३ आइतवार

1.1K 

shares

३ साउन, भजनी । कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ ।

विसं २०७०÷०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेका छन् । स्थानीय २७ महिला समूहमा आबद्ध छन् तर अन्य सामूहिक कार्यका अतिरिक्त तरकारी खेती पनि गर्दै आएका छन् । उनीहरु तरकारी उत्पादन छुट्टाछुट्टै गर्ने गर्छन् र यसरी उत्पादन भएको तरकारी एकै ठाउँमा सङ्कलन गरी बजारीकरणका लागि सामूहिकरूपमा लाग्ने गर्दछन् ।

“हामीले उत्पादन गरेको तरकारी कैलाली जिल्ला हुँदै नेपालगञ्जको कोहलपुर र दाङसम्म पठाउने गरेका छौँ”, समूहकी अध्यक्ष मीनाकुमारी चौधरीले भनिन् “हामी २७ जना महिला मिलेर ११ बिघा पाँच कठ्ठामा तरकारी खेती गर्दै आएका छौँ ।” यतिखेर उनीहरुको बारीमा लौका, चिचिण्डा, काँक्रा, भण्टालगायतका बर्खे तरकारीहरु लटरम्म छन् । समूहसँग दुईवटा बारी जोत्ने पावर टिलर पनि छन् ।

आम्दानी भएको रकमको केही प्रतिशत समूहले बचत गर्दै आएको छ भने मासिक रु १०० का दरले थप बचत पनि महिला कृषक समूहले गर्दै आएको अध्यक्ष मीनाकुमारी बताउछीन् । उनीहरुले समूहका नाममा एक कठ्ठा चार धुर जग्गासमेत किनिसकेका छन् । “हामीले बचत भएको रकमबाट समूहको नाममा जग्गा किनेका हौँ । अहिले पनि समूहमा रु चार लाख बचत छ”, अध्यक्ष मीनाकुमारीले भनिन् “समूहमा मिलेर काम गर्छौंँ । आज एउटाको काम ग¥यौँ भने भोलि अर्काको गर्छौँ । समूहका महिलाहरूलाई सस्तोमा कर्जा समेत उपलब्ध गराउछौँ ।”

समूहमा आबद्ध भएकी देशरानी चौधरी पनि तरकारी खेतीबाट आम्दानी हुन थालेपछि निकै खुशी हुनुहुन्छ । पहिले परिवार पाल्नै गाह्रो हुने देशरानीलाई अहिले त्यस्तो कुनै समस्या छैन । “पहिले पनि काम गथ्र्यौँ । त्यो कामले न घरका सामान्य आवश्यकता पूरा हुन्थे न त सन्तुष्ट नै हुन्थ्यौँ”, देशरानीले भनिन् “अहिलेको व्यवसायबाट भनेको समयमा पैसा आउँछ । बालबालिकाहरुलाई राम्रो स्कुलमा पढाउन सफल भएका छौँ । समूहमा काम गर्दा सहज पनि भएको छ ।”

काम गर्दा आलोपालो गर्ने भएकोले काम गरेजस्तो पनि नहुने र काम सहजै सम्पन्न हुने गरेको महिलाहरू बताउँछन् । समूहमा सोही ठाउँकी आशा चौधरी पनि आबद्ध छन् । उनको सबै परिवार त्यहीँ तरकारी खेतीमा आबद्ध छ । समूहमा काम पर्दा आशा आफू काम गर्न जानुहुन्छ भने घरका अन्य सदस्यहरु आफ्नै बारीमा काम गर्छन् ।

समूहमा नबस्दाको र अहिलेको आफ्नो आर्थिक अवस्थामा पनि निकै परिवर्तन आएको आशा बताउछीन् । “समुहमा बस्नुभन्दा पहिला र अहिलेको अवस्था आर्थिक होस् वा सामाजिकरूपमा होस् निकै फेरिएको छ । अहिले सबै कुरामा आफूलाई सक्षम छु जस्तो लाग्छ”, आशाले भनिन् “समूहकै कारण आफूसँगै परिवारलाई समेत आत्मनिर्भर बनाउन सफल भएका छौँ ।”

समूहलाई अब आफ्नै भवन निर्माण गरी सोही भवनबाट समूहको गतिविधि अगाडि बढाउने उद्देश्य रहेको समूहकी अध्यक्ष मीनाकुमारी बताउछीन् । “हामीलाई कुनै कुराको समस्या छैन । एउटा भवन र उत्पादन भएको तरकारी बजारसम्म पु¥याउने सवारी साधन भइदिएको भए राम्रो हुन्थ्यो”, मीनाले भनिन् “बजारीकरणमा समस्या छ, बोलाएको समयमा गाडी आउँदैन । कहिलेकाहीँ आउँछु भनेर पनि नआउँदा सङ्कलन भएको तरकारी खेरसमेत जाने गरेको छ ।”

समूहका महिलाहरु प्रत्येक महिना बैठक बस्ने गरेका छन् । उनीहरुले सबै महिलाको समयमै उपस्थितिका लागि नयाँ नियम बनाएका छन् । जुन समयमा बैठक बोलाइएको हो, त्यो समयमा नपुग्नेलाई प्रति मिनेट पाँच रुपैयाँका दरले जरिवानासमेत समूहले गर्दै आएको छ । जरिवानाबाट आएको रकम पनि महिलाहरुले त्यही समूहमा बचत गर्ने गरेका छन् ।
“शुरु–शुरुमा बैठक बस्दा सबैको राम्रै उपस्थिति हुन्थ्यो । समय बित्दै जाँदा अधिकांश उपस्थित नहुने, उपस्थित भइहाले पनि एकै समयमा उपस्थित नहुने क्रम बढेपछि हामीले यस्तो निर्णय गरेका हौँ”, अध्यक्ष मीनाकुमारीले भनिन्“यस्तो निर्णय भएपछि समूहका सबै सदस्य समयमै बैठकमा उपस्थित हुन्छन् र समयमै बैठक सम्पन्न पनि हुन्छ । ढिला पुग्नेहरु जरिवानाका डरले पनि समयभन्दा अगाडि नै उपस्थित हुने गरेका छन् ।”

यस समूहलाई राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि अनुदानमा विषादी, बीउबिजन उपलब्ध गराउँदै आएको छ । file photo

वि.सं.२०७८ साउन ३ आइतवार ०८:५८ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...