३ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन ‘वैद्य’ किरणसँग भेटघाट गरेका छन । सरकार परिवर्तन भएसँगै पछिल्ला दिनमा राजनीतिक भेटघाट बढाएका चन्दले शनिबार वैद्यसँग भेटघाट गरेका हुन् ।
वैद्यसँगकाे भेटघाटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल भएको विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
तत्कालिन केपी ओली नेतृत्वको शान्तिपूर्ण राजनीतिमा आएका उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र संघीय समाजवादी पाटी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेटघाट गरेका थिए ।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन बैद्य ‘किरण’सँग भेटघाट, क्रान्तिकारी धुर्बिकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल । pic.twitter.com/nPSVPsQhYr
— Netra Bikram Chand (@NBCBiplav) July 17, 2021
वि.सं.२०७८ साउन ३ आइतवार ०८:५२ मा प्रकाशित






























