back
CTIZAN AD

स्थायी कमिटी बैठकमा माधव समूह सहभागी नहुने

वि.सं.२०७८ साउन ३ आइतवार

630 

shares

३ साउन, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो ।

यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । बैठकले संसद पुनर्स्थापना पछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । त्यस्तै बैठकले भोलि (सोमबार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गर्ने तामाङले बताए ।

आजको स्थायी कमिटी बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ । सहमतिवेगर बैठक बोलाइएको भन्दै माधव पक्ष सहभागी नहुने भएको हो ।

स्थायी कमिटी र दलको दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

File pic

वि.सं.२०७८ साउन ३ आइतवार ०९:२७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...