back
CTIZAN AD

एमाले स्थायी कमिटी बैठक आज बस्दै

वि.सं.२०७८ साउन ३ आइतवार

804 

shares

३ साउन, काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा ११ बजे बैठक बस्ने भएको हो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको तामाङले जानकारी दिएका छन् । यही साउन ४ गते १४ औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ ।

तामाङका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ ।

यसअघि शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेपनि बैठक रोक्न माग गरिएकोमा अध्यक्ष ओलीले उनीहरुको प्रस्ताव अस्विकार गरेपछि उनीहरु तत्कालै बैठकबाट बाहिरिएका थिए ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

 

 

 

वि.सं.२०७८ साउन ३ आइतवार ०९:२२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...