३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।
बिहान सम्पन्न कार्य व्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।
समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले किन यति छिटो विश्वासको मत लिन लागेको भन्ने प्रश्न उठाएको थियो भने त्यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्वासको मत लिने प्रश्ताव संसद सचिवालयमा दर्ता गराइसकेको बताइएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिएपछि सर्वोच्च अदालतले असार २८ गते संसद विघटनको सिफारिसलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।
संसद् पुर्नस्थापना भएको २८ दिनमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्रीले आजै विश्वासको मत लिने कार्यसूची तय भएको हो ।
प्रधानमन्त्री देउवाले असार ३० गते नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर विश्वाको मतका विषयमा छलपल गरेको र नेपाल पक्षका सांसदले प्रधानमन्त्री देउवालालाई विशवासको मत दिने बताइएको थियो ।
वि.सं.२०७८ साउन ३ आइतवार १२:५६ मा प्रकाशित




























