back
CTIZAN AD

प्रधानमन्त्रीमा शेरबहादुर देउवाद्वारा विश्वासको मतका लागि प्रस्ताव पेश

वि.सं.२०७८ साउन ३ आइतवार

636 

shares

३ साउन, काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मतको प्रस्ताव राखेका छन्।

प्रधानमन्त्रीमा देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले मत दिने निर्णय गरिसकेका छन्।

विपक्षी गठबन्धनमा रहेर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आधिकारिक निर्णय गर्न नसके पनि केही सांसदहरूले देउवालाई विश्वासको मतको पक्षमा मत दिने बताइरहेका छन्। दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेत झलनाथ खनालले देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्दै आफ्नो मत देउवाको पक्षमा हुने स्पष्ट पारेका छन् ।

पछिल्लो सत्ता समिकरणमा देउवालाई माधवपक्ष बिनै बहुमत प्राप्त हुनेस्थिति बनेको छ ।

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको आज पहिलो बैठक बसेको थियो।

 

वि.सं.२०७८ साउन ३ आइतवार १८:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...