back
CTIZAN AD

प्रधानमन्त्रीलाई विश्वासको मत दिने भन्दै अध्यक्ष महन्थ ठाकुरले भने–हाम्रो संसद जेलमा छ

वि.सं.२०७८ साउन ३ आइतवार

783 

shares

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले प्रधामन्त्री देउवालाई बधाई तथा कार्यकालको शुभकामना दिँदै विश्वासको मत दिने बताएका छन् ।

अध्यक्ष ठाकुरले मत दिने प्रतिबद्धता गर्दै सत्ता संघर्षमा जो प्रताडित, समुह, पीडित समुह, आम जनता, त्यसले केही नपाउने गुनासो समेत गरे ।

‘प्रधानमन्त्री जी त परमादेशले बनेको हो । जनताको आदेशले होइन, जनताद्धारा होइन, आदेशले नै बनेको हो,’ अध्यक्ष ठाकुरले भने, ‘यो संविधानको जतिसुकै गुण गाउनुस् तर यो संविधानले गर्दा हामीले गोली खानु परेको छ, सहिद हुनु परेको छ । अहिले पनि हाम्रा साथीहरु जेलमा यातना भोगिरहेका छन् । हाम्रो संसद जेलमा छ । रेशम चौधरी जेलमा छ ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको मुद्दालाई सम्बोधन गर्दै धन्यवाद दिए । ‘उहाँले नागरिकता सम्बन्धी अध्यादेश पनि ल्याउनु भयो । १३९ जनामाथि यो मुद्दाहरु तथा सजाय थियो त्यो उहाँहरुले फिर्ता लिनुभयो । ’

उनले नागरिकता समबन्धी अध्यादेशमा अवरोध भएको भन्दै नागरिकता दिने अधिकार राज्यको भएकोले जोसँग नागरिकता छैन उसको राष्ट्रियता के भनेर प्रश्न समेत गरेका थिए ।

वि.सं.२०७८ साउन ३ आइतवार २०:०१ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...