back
CTIZAN AD

माधव पक्षले नदिँदा पनि देउवालाई बहुमत पुग्ने

वि.सं.२०७८ साउन ३ आइतवार

687 

shares

३ साउन, काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेका छन्। सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकबाटै विश्वासको मत लिन लागेका देउवाको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै एमालेको माधव समूहका कुनै सांसद्ले मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको हो । जसपा अध्यक्ष ठाकुरले संसदमा बोल्दै आफूहरुले विश्वासको पक्षमा मतदान गर्ने उद्घोष गरेका छन् ।

यससँगै देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको ३२ गरी देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

विपक्षी गठबन्धनमा रहेर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सामूहिक निर्णय गर्न सकेको छैन, यद्यपी केही सांसदहरुले देउवाको पक्षमा मत दिने बताइरहेका छन् ।

वि.सं.२०७८ साउन ३ आइतवार २०:१४ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...