back
CTIZAN AD

पार्टीको कार्यक्रम र भावी नेतृत्व बारे नडराई खुलेर छलफल गर्न डा. लोहनीकाे आग्रह

वि.सं.२०७८ साउन ३ आइतवार

600 

shares

३ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुलेर छलफल गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

राप्रपाको एकता महाधिवेशन नजिकँदै गर्दा अध्यक्ष लोहनीले पार्टीको कार्यक्रम र भाबी नेतृत्व बारे खुला छलफल गर्न कोहि पनि हिचकिचाउन या डराउन नहुने बताएका छन् ।

यो पार्टी हामी सबैको साझा राजनैतिक सम्पत्ति हो र यसको संरक्षण र सम्बर्धन कसरी गर्नु पर्छ भन्ने चिन्तन हामी सबैको दायित्व हो। यो अबधारणा बोकेर नेतृत्व चयन देखि सबै बुदामा छलफल गर्नु पर्दछ। आफ्नो विचार ब्यक्त गर्ने स्वतन्त्रताको हामीले सधै संरक्षण गर्नु पर्दछ । यहि प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह हो ।

उनले भनेका छन् ‘पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधि भित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भाबी नेतृत्व बारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउन या डराउन हुँदैन । ’

उनले एकता महाधिवेशन सफल पारी पार्टीलाई राष्ट्रबादी र प्रजातान्त्रिक दलको रुपमा देशको जिम्मेवारी लिन सक्ने शसक्त शक्तिको रुपमा खडा गर्नुको कर्तब्य भएको उल्लेख गरेका छन् । राप्रपा सबैको साझा राजनैतिक सम्पत्ति भएको हुँदा यसको संरक्षण र सम्बर्धन कसरी गर्नु पर्छ भन्ने चिन्तन गर्नु सबैको दायित्व भएको समेत उनले बताएका छन् ।

सञ्जालमा भनेका छन् :
“१ आउदो चार महिना भित्र राप्रपाको एकता महाधिबेसन हुदैछ । यसलाई सफल पारि यो पार्टीलाई राष्ट्रबादी र प्रजातान्त्रिक दलको रुपमा देशको जिम्मेवारी लिन सक्ने शसक्त शक्तिको रुपमा खडा गर्नु हाम्रो कर्तब्य हो ।

२ पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधि भित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपसब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भाबी नेतृत्व बारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउन या डराउन हुदैन । यो पार्टी हामी सबैको साझा राजनैतिक सम्पत्ति हो र यसको संरक्ष्ण र सम्बर्धन कसरी गर्नु पर्छ भन्ने चिन्तन हामी सबैको दायित्व हो। यो अबधारणा बोकेर नेतृत्व चयन देखि सबै बुदामा छलफल गर्नु पर्दछ। आफ्नो विचार ब्यक्त गर्ने स्वतन्त्रताको हामीले सधै संरक्षण गर्नु पर्दछ । यहि प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह हो ।”

वि.सं.२०७८ साउन ३ आइतवार २०:३५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...