back
CTIZAN AD

आगोसँग खेल्नु राम्रो होइन, आगो फेरि सल्किन सक्छ–अध्यक्ष प्रचण्ड

वि.सं.२०७८ साउन ३ आइतवार

729 

shares

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले आगोसँग खेल्नु राम्रो नहुने भन्दै आगो फेरि सल्किन सक्ने हुनाले ख्याल गर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट लिन लागेको विश्वासको मतको विषयमा छलफलमा भाग लिएका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन केही होइन भन्ने नसोच्न भन्दै आगो फेरि सल्किन सक्ने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै नेकपा माओवादी आन्दोलन विभाजित छ । यसलाई मिचिदिन्छु भन्दै नसोच्न पनि आग्रह गरे ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आन्दोलन र आवाज भएकोले त्यो आवाजलाई मिचेर अगाडि बढ्न सहज नभएको समेत बताए ।
‘माओवादी विभाजित भएको छ । यसको ओज ताप पनि घटेको छ । यसलाई किचिदिए हुन्छ भन्ने लाग्यो हाम्रो साथिहरुलाई,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले पटक–पटक भन्थे, आगोसँग खेल्नु त्यति राम्रो हुँदैन । आगोलाई ईनर्जिमा परिणत गर्नेतिर ल्याइएको छ । तपाईहरुले यसलाई हेप्न र अपमानित गर्न थाल्नु भयो भने आगो फेरि सल्किन सक्छ । त्यो बुद्धितिर हामी कोही नजाउँ ।’

उनले केपी ओलीप्रति इगित गर्दै व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण नहुने भन्दै बनेको इतिहासलाई जवरजस्ती व्यक्तिवादी चरित्रले निमिट्यान्न पार्छु भन्नु बलन्डर गरेको र त्यसको फल ओलीले भोग्दै गएको र अझै भोग्दै जाने बताए ।

‘हामी अहिले नेतृत्वकर्ता नै जिउँदै छौं । त्यति सजिलो चिज होइन हामी । तपाईहरुले माइनस गर्न खोजेर अपमानित गर्न खोजेर यिनीहरु निमोठिन्छन् भन्ने ठानिएको हो भने नेपाली जनता, अझ उत्पीडित वर्ग जाति क्षेत्र, लिङ्ग, समुदाय, समावेशी सबैका आवाजहरुको प्रतिनिधित्व हो हामी ।’

वि.सं.२०७८ साउन ३ आइतवार २०:३५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...