back
CTIZAN AD

मौद्रिक नीति तयारीको चरणमा रहेको राष्ट्र बैंकका प्रवक्ता भन्छन् -उपयुुक्त समयमा आउँछ

वि.सं.२०७८ साउन ३ आइतवार

897 

shares

३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति तयारीकै चरणमा रहेको बताएको छ ।

आइतबार राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति तयारीकै चरणमा रहेको भन्दै उपयुक्त समयमा ल्याउने बताए ।

उनका अनुसार नीति निर्माणका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । पूर्व गभर्नरहरूसँग छलफल गर्न बाँकी नै रहेकोले सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए ।

‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गभर्नरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकारसमेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने कुरा चासोको विषय बनेको छ ।

सरकारले पनि मौद्रिक नीतिका बारेमा केहि चासो राखेको छ । केहि समय धकेलिन सक्छ नीति पूर्व गभर्नरहरुसँग सुुझाब लिन बाँकी रहेको बताइए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको लागि तयारी सकिसकेको छ । तर, अर्थमन्त्रालयमा नयाँ अर्थमन्त्री आएसँगै मौद्रिक नीति सार्वजानिक गर्न केहि ढिलाई भएको बताइन्छ ।

अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार मात्रै पत्रकारसँगको भेटमा मौद्रिक नीतिको विषयमा छलफल भइरहेको जनाएका थिए । ‘सबै क्षेत्रका मागहरु छन्, ती सबै कुरा मौद्रिक नीतिमा समावेश हुनुपर्छ भन्ने छ, त्यसमा हामी छलफलमा जुटेका छौ’, शर्मा भनेका थिए ‘त्यो छलफलपछि मौद्रिक नीति आउने छ ।’

राष्ट्र बैंकले साउन ३ गते नै चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, नयाँ सरकार आएकै कारण मौद्रिक नीति सार्वजानिक गर्न केहि दिन ढिलाइ भएको हो । गत आर्थिक वर्षमा पनि केन्द्रिय बैंकले साउन २ गते नै मौद्रिक नीति सार्वजानिक गरेको थियो ।

वि.सं.२०७८ साउन ३ आइतवार २०:५६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...