४ साउन, काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुुर देउवाले विश्वासको मत पाएसँगै निरंकुश प्रवृत्तिमा अंकुश लागेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संचारकर्मीसँगको कुराकानीमा यस्ताे प्रतिक्रिया दिएका हुन् । ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको, उनले बताएका हुन् ।
उनले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका हुन् ।
उनले निरंकुश प्रवृत्तिको पराजयसँगै जनताको जित भएको प्रतिक्रिया समेत दिएका छन् । उनले भने ‘संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ ।’
वि.सं.२०७८ साउन ४ सोमवार ०८:३० मा प्रकाशित






























