back
CTIZAN AD

ओलीका विश्वास पात्र श्रेष्ठ नै ओलीविरुद्व, भन्छन् – ओली गुटमा पहिरो जाँदैछ

वि.सं.२०७८ साउन ४ सोमवार

810 

shares

साउन ४, काठमाडौं । नेकपा (एमाले)का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा ठूलो पहिरो जाँदै गरेको बताएका छन् । उनका अनुसार ओलीको शैली र व्यवहारका कारण निकै ठूलो असन्तुष्टी चुलिएको छ । असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा रहेको उनले बताए ।

एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘त्यहाँ भित्र (ओली समूह) पिल्सिएका, अन्यायमा परेका असन्तुष्ट धेरै साथीहरु हुनुहुन्छ, मलाई विश्वास छ धेरै साथीहरु आउनुहुन्छ। त्यहाँ धेरै असन्तुष्टि छ। विद्रोह हुने सम्भावना छ।’

श्रेष्ठले संसद जोगाउनकै लागि आफुँ ओलीले गरेको निर्देशनका विपक्षमा लागेको बताएका छन् । उनले ओलीले पटक–पटक संसद विघटन गर्दै देशलाई संकटमा पु¥याएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन राखेको प्रस्तावमा श्रेष्ठसहित ओली पक्षमा ९ सांसदले पार्टी निर्देशन विपरित मत हालेका थिए । उनीहरुले ओलीको निर्देशन गलत भएको भन्दै कारबाही गरे भोग्न तयार रहेको पनि बताएका छन् ।

सांसद श्रेष्ठ ओलीका निकै विश्वास पात्रको रुपमा चिनिएका थिए । तत्कालिन सांसद अपहरण काण्डमा समेत नाम मुछिएका उनले गरेको विद्रोहलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १७:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...