back

तिनाउमा दर्जन पुल बन्दै

वि.सं.२०७३ फागुन ७ शनिवार

495 

shares
GLOBAL IME AD
NTC AD

 ७ फागुन,तिलोत्तमा (रुपन्देही) । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ ।

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । पाल्पाबाट आएको तिनाउ नदी बुटवल हुँदै रुपन्देहीका विभिन्न गाविस भएर बग्छ । खास गरी वर्षाद्मा तिनाउ वारपार गर्न कठिन हुने भएकाले धमाधम पुल निर्माण गरिएको कार्यालयका प्रवक्ता इन्जिनियर जयलाल मरासिनीले बताउनुभयो । तिनाउ र दानव नदीमा मात्रै रु ९९ करोड ३८ लाखको लागतमा पुल निर्माण भइरहेका छन् ।

पूर्वपश्चिम राजमार्गबाट लुम्बिनी जोड्न बनेका सडकमा धेरै पुल निर्माण भएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएका सबै पुल २०७६ सालमा सम्पन्न हुने बताइएको छ । यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रलाई बुटवलसँग नजिक बनाउने अपेक्षा गरिएको छ । बुटवल–१३ देवीनगर र मोतीपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको छ । वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुल गत वर्ष आएको बाढीले बगाएपछि उक्त पुल निर्माणलाई तीव्रता दिइएको हो ।

वि.सं.२०७३ फागुन ७ शनिवार ०३:०१ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...