back
CTIZAN AD

तिनाउमा दर्जन पुल बन्दै

वि.सं.२०७३ फागुन ७ शनिवार

972 

shares

 ७ फागुन,तिलोत्तमा (रुपन्देही) । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ ।

तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । पाल्पाबाट आएको तिनाउ नदी बुटवल हुँदै रुपन्देहीका विभिन्न गाविस भएर बग्छ । खास गरी वर्षाद्मा तिनाउ वारपार गर्न कठिन हुने भएकाले धमाधम पुल निर्माण गरिएको कार्यालयका प्रवक्ता इन्जिनियर जयलाल मरासिनीले बताउनुभयो । तिनाउ र दानव नदीमा मात्रै रु ९९ करोड ३८ लाखको लागतमा पुल निर्माण भइरहेका छन् ।

पूर्वपश्चिम राजमार्गबाट लुम्बिनी जोड्न बनेका सडकमा धेरै पुल निर्माण भएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएका सबै पुल २०७६ सालमा सम्पन्न हुने बताइएको छ । यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रलाई बुटवलसँग नजिक बनाउने अपेक्षा गरिएको छ । बुटवल–१३ देवीनगर र मोतीपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको छ । वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुल गत वर्ष आएको बाढीले बगाएपछि उक्त पुल निर्माणलाई तीव्रता दिइएको हो ।

वि.सं.२०७३ फागुन ७ शनिवार ०३:०१ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...