back
CTIZAN AD

ओली बाहेकका कम्युनिष्ट नेता एउटै मञ्चमा जुट्दै

वि.सं.२०७८ साउन ८ शुक्रवार

696 

shares

साउन ८, काठमाडौं । कम्युनिष्ट खेमाका शीर्ष नेताहरु आज एउटै मञ्चमा देखिने भएका छन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार तुलसीलाल स्मृति प्रष्तिठानको भवनमा हुन लागेको कार्यक्रममा विभिन्न ६ वटा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु देखिन लागेका हुन् ।

कार्यक्रम आयोजकले बताएअनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशीसहित ६ जना कम्युनिस्ट नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भने बोलाइएको छैन् । ओली कम्युनिष्ट आन्दोलन र दर्शनबाट विचलन भएको निष्कर्ष निकाल्दै आयोजकले नबोलाएको हो ।

माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षसहित बृहत कम्युनिष्ट एकताको चर्चा चलिरहेको बेला नेताहरुलाई एक ठाउँमा जुट्नुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:४१ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...