back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए ४२० कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार

720 

shares

८ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज २ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीवार तनहुँ र कास्की १\१ गरी २ जनाको मृत्यु भएको हो । बिहीवार थपिएका २ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०४६ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा १९, पर्वतमा १६, गोरखामा ५३, लमजुङमा १४, तनहुँमा १२, कास्कीमा १५७, वाग्लुङमा ४६, स्याङजामा ५० र नवलपरासीपूर्वमा ५३ जना गरी ४१० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७९ जना महिला र २३१ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित कास्कीका छन् । साथै प्रदेशमा आज ४२० जना संक्रमणबाट मुक्त भएका छन् ।

बिहीवार थपिएका ४२० जनासँगै प्रदेशमा हालसम्म ६३ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५९ हजार ६३९ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २९३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २७८१ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

May be an image of text that says 'प्रदेश सरकार स्वास्थ्य जनसंख्या मन्त्ालय स्वास्थ्य शनालय फोन ०६१ २०३९०, ५२००६૬ १०९२ पत्रसंख्या २०७७০৩ चलानीनं. नेर्देशनालय अध्यावधिक मृतकको बिषय: बिज्ञप्ि अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १०४६ पुगेको रहेको छ। जिल्ला, व्यास नगरपालिका निधन भएको गण्डकी प्रदेशमा थप मृत्यु भएका कास्की जिल्ला, पोखरा महानगरपालिका- प्रतिष्ठान, पोखरामा उपचारको क्रममा बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०४/०૮ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वहाँमा मिति २०७८/०३ कोरोनाको संक्रमण भएको थियो। भएको बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०४/०७ वहामा मिति २०७८/०४/०६ कोरोनाको संक्रमण पोखरा स्वास्थ्य विज्ञान (मिति: २०७८/०४/०८ साझ५:० नवराजशर्मा संयोजक स्वास्थय निर्देशनालय, प्रदेश स्वास्थय आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC) गण्डकी प्रदेश'

वि.सं.२०७८ साउन ८ शुक्रवार १७:४१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...