back
CTIZAN AD

माधव नेपाललाई महेश बस्नेतद्वारा आक्रमणको धम्की

वि.सं.२०७८ साउन १० आइतवार

615 

shares

१० साउन, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई महेश बस्नेतले भौतिक आक्रमणको चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा युथ फोर्सको घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दा पनि आलटाल गर्ने र अटेरी गरिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी अध्यक्षले एकतामा आउन आह्वान गर्दा नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने बताएका हुन् ।

‘‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस् भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो। मुखले सम्झाउँछौं, मलाई लाग्छ–मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीं हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।’

उनले माधव नेपाल प्रचण्डको पुच्छर बनेर, शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लागेको आरोपसमेत लागेका छन् ।

 

वि.सं.२०७८ साउन १० आइतवार १२:३२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...