१० साउन, काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तले प्रति कित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बरबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्नेछ ।
लघुवित्तको एफपीओ शेयर निष्काशक तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३९ करोड २८ रहेको छ । एफपीओ निष्काशन पछि उक्त पूँजी ५२ करोड २६ लाख पुग्नेछ ।
वि.सं.२०७८ साउन १० आइतवार १२:३० मा प्रकाशित



























