back
CTIZAN AD

पार्टी ह्विप तोड्न गजुरेलको आग्रह

वि.सं.२०७८ साउन १० आइतवार

639 

shares

९ साउन, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले एमसिसि लगायतका राष्टघाति परियोजना रोक्नका लागि पार्टीको ह्विप तोडन आग्रह गरेका छन ।

देउवा सरकार आउदासाथ एमसिसि ढिला भएको भन्ने अमेरीकी दवावलाइ संकेत गर्दै पार्टी भन्दा देश ठूलो भएकोले राष्ट्रघात रोक्नुपर्नेमा जोड दिएका हुन् । उनले यसअघि सबैको जोडबलबाटै एमसिसि पास हुन रोकिएको स्मरण समेत गराए ।

पुष्पलाल अध्ययन समाजद्धारा कमलपोखरी हात्तिसारको नेपाल हाउसमा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा नेता गजुरलेले पार्टी ठूलो बनाउनकै लागि गरिएको पार्टी एकताले आन्दोलन कमजोर बनाएको संस्मरण गर्दै बुहद बैचारीक अन्तरक्रिया तथा कार्यगत एकताको आधारमा पार्टी एकता गर्न आफुहरु तयार रहेको बताए ।

उनले कम्युनिष्ट आन्दोलन संसदवादमा फस्दै गएको भन्दै कम्युनिष्टहरुले संसदलाई क्रान्तिका लागि मात्र उपयोग गर्नुपर्नेमा चुनावमा उठ्नका लागि धन सम्पत्ति जोड्न र दलाल पुँजिवाद हावी गराउन उपयोग गरिएको समेत बताए ।

No description available.

कम्युनिष्ट पार्टीहरुभित्र चरम विकृति बढ्दै गएको भन्दै नेता गजुरेलले अव कम्युनिष्ट भन्न पनि लाज लाग्ने अवस्था आएको बताए । उनले भने ‘जुन कम्युनिष्ट आन्दोलन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरोधि छ, त्यसको विरुद्धमा कम्युनिष्ट आन्दोलन हो तर दुर्भाग्य भारतीय विस्तारवादको विरुद्धमा खडा हुनुपर्ने अवस्थामा त्यहि पार्टीका नेतालाई आधा रातमा आएर एउटाले मार्गचित्र बनाइदिएर जान्छ । यो यो काम गरेस है त प्रधानमन्त्री भनेर !’

‘कम्युनिष्ट आन्दोलनमा विकृति नभए के होला ? यो सत्ताले कुन वर्गको नेतृत्व गर्छ हामी सबैलाई थाहा छ । दलाल नोकरशाही पँुजीपति वर्ग, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले दिएको ऐजेण्डालाई लागु गर्ने भनेपछि त्यो भन्दा विकृति के हुन्छ ?’ नेता गजुरेलले भने ।

नेता गजुरेलले इतिहांस स्मरण गराउदै भने ‘त्यतिखेर यदि तुलसीलालको राष्ट्रिय प्रजातन्त्रको लाइनमा त्यतिखेरको कम्युनिष्ट आन्दोलन गएको भए, यदि त्यहाँ पुष्पलालले त्यसको विरोध गर्दै नयाँ जनवादको झण्डा नउठाउनु भएको भए नेपालको कम्युनिष्ट आन्दोलन अहिले यो ठाउँमा आउने थिएन । पुष्पलालले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम गलत भएको भन्दै नयाँ जनवादको बाटो सहित सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरोधी धार स्थापित गराउनु भएको हो ।’

No description available.

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका समेत नेता दिनानाथ शर्माले नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षको इतिहासलाई मूल्यांकन गर्दा अहिले पनि पुष्पलालको विचारले नै देशमा नेतृत्व गरेको र त्यसैको धरातलमा पार्टीहरुको आन्दोलन र विचारहरु अगाडि बढेको बताए ।

उनले वर्गसंर्घषबाट कम्युनिष्टहरु विचलित हुन नहुने तथा विसर्जन हुन नहुने बताउँदै वर्गसंघर्षलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए । उनले पछिल्लो समयमा कम्युनिष्ट आन्दोलन संकटमा रहेको बताउँदै त्यो संकट विचार, शिद्धान्त, दार्शनिक मान्यता र आचरणमा समेत उत्पन्न भएको बताए । उनले पुष्पलालसंगको संगत सुनाउदै कम्युनिष्ट क्रान्तिकारीहरु अविचलित रुपमा वर्ग संघर्षका लागि निरन्तर लाग्नुपर्छ भन्ने प्ररेणा पुष्पलालको विचारले दिएको बताए ।

त्यसैगरी नेकपा एमालेका नेता घनेन्द्र बस्नेतले पुष्पलाल नेपाली कम्युनिष्ट पार्टीका प्रथम ब्यक्ति र पार्टीका संस्थापक महासचिव रहेको तथा बहुआयामिक प्रतिभाका धनी र कुशल संगठक रहेको बताए ।

नेता बस्नेतले सर्वहारा वर्गको नेतृत्व कम्युनिष्ट पार्टी बनिरहँदा किसानहरु, कृषि सर्वहारा, कृषि मजदुरहरु, शोषित पीडित किसान आन्दोलनलाई उठान गर्ने कुरालाई पुष्पलालले प्राथमिकता दिएको बताए । पुष्पलालले उतिबेलै संविधानसभाबाटै नेपालको संविधान लेख्नुपर्छ भन्ने अडान लिएको बताउँदै संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्दा गद्दार भएको आरोप खेप्नु परेको बताए । बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनभित्र विचार, सिद्धान्त, दार्शनिक मान्यता र आचरणमा संकट उत्पन्न भएको भन्दै आवरणमा कम्युनिष्ट र आत्मामा विकृत पुँजीवाद भएको बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ उपाध्यक्ष लोकनारायण सुवेदीले पुष्पलालको भजन किर्तन सहित उनले खान नपाएको र दुःख पाएको भन्ने कुरामात्र गरेर पुष्पलालको सपना पूरा नहुने बताउँदै पुष्पलालले सबै दुःख उठाएर नेपाली जनताको मुक्ति, प्रगति, समुन्नति र समानताका निम्ति, नेपाली राष्ट्रको स्वाधीनता, रािष्ट्रयता र नेपाली जनताको जनजीविकाका निम्ति, आमुल परिवर्तनका निम्ति जसरी लागे अहिलेका कम्युनिष्टहरु त्यतातिर सांच्चिकै नलाग्ने हो भने एकता गर्नुको मात्र कुनै अर्थ नहुने बताए ।

वरिष्ठ उपाध्यक्ष सुवेदीले पुष्पलालले बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जनआन्दोलनलाई महत्व दिएको र तिनैकुराहरु कम्युनिष्टको आधार रहेको बताउँदै तीनै आधारमा टेकेर अगाडि बढ्न सकिने बताए ।

कार्यक्रमका अर्का वक्ता वरीष्ठ अधिवक्ता एकराज भण्डारीले पुष्पलालको नाम भजाएर कम्युनिष्ट आन्दोलनको निष्ठामाथि नै प्रहार गर्ने प्रति सजग रहदै नया आधारमा नया एकता गरेर पुष्पलालका सपना पुरा गर्नुपर्ने बताए ।

May be an image of 19 people, including Sabitri Bhattarai, Mina Sharma and Chanda Thapa Chandrika, people sitting, people standing, indoor and text that says 'OPPO F11 Pro ©@किरण'

समाजका सल्लाहाकार मोहन बहादुर केसीले पुष्पलालको संक्षिप्त जीवनी प्रकाश पार्दै वर्गिय आन्दोलनको झण्डा कमजोर भएकोमा चिन्ता ब्यक्त गरे भने समाजका सदस्य तथा एमाले नेता देवशंकर पौडेलले पुष्पलालको बाटोमा सहमत हुनेहरु एकठाउ हुनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष लोककृष्ण भटराइको सभापतित्व र सचिव निलकण्ठ तिवारीको संचालनमा सम्पन्न सो कार्यक्रममा सल्लाहाकार तथा बामपन्थी नेता शरणबिक्रम मल्ल, उपाध्यक्ष वरीष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, सल्लाहाकार वरीष्ठ अधिवक्ता रवि नारायण खनाल, रबिन्द्र कर्माचार्य, उपाध्यक्ष राम बहादुर भण्डारी, सांसद तथा समाजका उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठ, एमसिसि खारेज अभियानका संयोजक तथा समाजका उपाध्यक्ष नारायण शर्मा, महासचिव शुरेश कार्की, उपमहासचिव मुकुन्द आचार्य, हरहिर खरेल, सचिव एकलाल श्रेष्ठ, कोषाध्यक्ष श्रीहरी श्रेष्ठ, सदस्यहरु किरण मोक्तान, केशव खडका, साबित्रि भटराइ, भरत गौतम, चन्दा थापा, मिना शर्मा, शेखर भट्टराइसहित बाम आन्दोलनमा क्रियाशिल ६० भन्दा बढी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ साउन १० आइतवार १३:३७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...