१० साउन, काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले समर डिम्याट योजना संचालनमा ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडले आज २०७८ श्रावण १० गतेबाट समर डिम्याट स्किम योजना सञ्चालन गरेको छ ।
यो योजनामा अन्तर्गत ग्राहकले खाता खोली १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सुविधा प्राप्त गर्न सकिनेछ । साथै आफ्नो साथीभाई तथा परिवारका सदस्यहरुलाई यो स्किम रिफर गरी १० जनालाई डिम्याट खाता खोल्न लगाएमा थप १ वर्षको लागि डिम्याट तथा मेरो शेयर निःशुल्क प्राप्त गर्न सकिनेछ ।
क्यापिटलले ल्याएकाे यो योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुनेछ ।
वि.सं.२०७८ साउन १० आइतवार १३:५५ मा प्रकाशित






























