back
CTIZAN AD

मानवअधिकार उल्लङ्घनमा ७४० जना पीडित

वि.सं.२०७३ फागुन ८ आइतवार

900 

shares

८ फागुन, पोखरा । पश्चिमाञ्चलमा सन् २०१६ मा मानव अधिकार उल्लङ्घनमा ७४० जना मानिस पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले शनिबार सार्वजनिकीकरण गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकमा सो वर्ष राज्यका तर्फबाट १३ महिला ७८ पुरुष गरी ९१ जना पीडित भएको इन्सेकका संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।

त्यस्तै गैरराज्यको तर्फबाट ५६७ जना महिला र ९२ जना पुरुष मानवअधिकार उल्लङ्घनबाट पीडित भएका थिए ।

संस्थाले हरेक वर्षको फागुन ७ गते अघिल्लो अङ्ग्रेजी वर्षभर यस क्षेत्रमा घटेका मानवअधिकार उल्लङ्घनका घटनालाई समेटेर यस वर्ष पुस्तक प्रकाशन गर्दै आउने गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्ष पुस्तक, २०१७ सार्वजनिक गर्दै मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि इन्सेकले समन्वयकारी भूमिका खेलेकामा आभार व्यक्त गर्नुभयो ।

उहाँले वर्ष पुस्तकलाई ग्रामीण तहका विद्यालय तथा जनतासम्म पु¥याउनु पर्ने बताउँदै राजनीतिक अस्थिरताका कारणले मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, कार्यक्रम संयोजक सवनम शर्मा, अधिकृत सुमित्रा भट्टराई, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, गैरसरकारी महासङ्घका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, राप्रपाका मोतीमान शाक्य, माओवादी केन्द्रका गङ्गा पोखरेल र एमालेका कृष्ण थापालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बागलुङका जिल्ला प्रतिनिधिका सिर्जना पन्तलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । रासस

वि.सं.२०७३ फागुन ८ आइतवार ०३:०८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...