१२ साउन, काठमाडाैँ । नेपाली काँग्रेसमा क्रियाशील सदस्यमा सबैभन्दा बढी खस आर्य र सबैभन्दा कम अपाङ्गता भएकाहरु रहेका छन् ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले मंगलबार पार्टीलाई बुझाएको प्रतिवेदनमा क्रियाशील सदस्यता लिनेमा झण्डै ४२ प्रतिशत खस आर्य रहेको उल्लेख छ ।
प्रतिवेदनमा ८ लाख ५२ हजार ७११ क्रियाशील सदस्य मध्ये ३६७६११ जना अर्थात् ४१.७८ प्रतिशत खस आर्य रहेका छन् । त्यसपछि आदिवासी जनजाति २०८१५९ जना अर्थात् २३.६५ प्रतिशत रहेका छन् ।
त्यसपछि क्रमशः मधेसी ९५१४१(१०.८१ प्रतिशत), दलित ४५४१७(५.१८प्रतिशत), थारु २७६१५(३.१३ प्रतिशत), मुस्लिम १६९७०(१.९२ प्रतिशत), पिछडिएको क्षेत्र १४९१४(१.६९प्रतिशत) र अल्पसंख्यक ६८२९(०.७७ प्रतिशत) रहेका छन् ।
काँग्रेसमा क्रियाशील सदस्यता लिनेमध्ये सबैभन्दा कम अपाङ्गता भएकाहरुको रहेको छ । जसअनुसार अपाङ्गता भएकाहरु २०१ जना जना अर्थात् ०.०२२ प्रतिशत रहेका छन् ।
वि.सं.२०७८ साउन १२ मंगलवार १४:४६ मा प्रकाशित






























