२७ जुलाई, हङकङ । गैरआवासीय नेपाली संघ हङकङमा गोकर्ण ढकाल पुनः अध्यक्षमा निर्विरोध भएका छन् ।
संघको हालै सम्पन्न आठौं अधिबेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षद्धयमा विजय कुमार गुरुङ र अनु राई, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा, सहकोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा कविता गुरुङ र युवा संयोजकमा असिम राई चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बन्जारा, विश्वनाथ घिसिङ, मनिस लिम्बू, र शुरेस थापा चयन भएका छन् ।
त्यस्तै संघको आइसिसि सदस्यमा किसन राई निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले सर्बसम्मतिमा कार्यसमितिका सबै पदाधिकारीहरुलाई निर्बिरोध निर्वाचित गर्ने सम्पूर्ण हङकङबासी नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद दिँदै हङकङबासी नेपाली समुदायको हकहितमा समर्पित हुँदै सबैलाई ऐक्यबद्ध बनाएर सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।


वि.सं.२०७८ साउन १२ मंगलवार १४:५८ मा प्रकाशित






























