back
CTIZAN AD

उपेन्द्रले आधिकारिकता पाउँदा शंकर पोखरेल थप संकटमा, छैन् जोगिने सम्भावना

वि.सं.२०७८ साउन १२ मंगलवार

702 

shares

साउन १२, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा देखिएको आधिकारिकताको विवाद टुंगो लागेसँगै शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार थप संकटमा पुगेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर समूहको सहयोगमा सरकार चलाईरहेका शंकर पोखरेल संकटमा पुगेका हुन् ।

बहुमत भए/नभएको स्पष्टै नगरी प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई वैशाख १९ मा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तत्कालिन समय जसपाको बहुमत पक्षले कारबाही गरि पदमुक्त भएका सांसदको समेत अंक जोडेर यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

जसपाभित्रको विवादलाई फाईदा लिएर मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल पुनः विवाद किनारा लागेसँगै संकटमा पुगेका हुन् । स्वभाविक बहुमत भए/नभएको परीक्षण नगराएका पोखरेललाई जसपाभित्रको विवादले किनारा लाउँदै गर्दा संकटमा पुर्याएको हो ।

अल्पमतमा छन् पोखरेल

८३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४२ सांसदको समर्थन चाहिन्छ । तर, सत्तारुढ नेकपा (एमाले)सँग प्रदेशसभामा मात्रै ३८ सांसद छन् । तत्कालिन समय पोखरेल जसपाका कारबाही परेका ४ सांसदलाई समेत जोडेर बहुमतको दाबीसहित सत्तामा पुगेका थिए ।

तर, सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै भने ४ सांसदमध्येकी एक सुमनसिंह रायमाझीले पोखरेललाई साथ दिन इन्कार गरेकी थिइन् । रायमाझी मुलधारमै फर्किएसँगै पोखरेल नेतृत्वको सरकार स्वभाविक अल्पमतमा छ । अल्पमतमा भएको सरकार जसपाको विवाद किनारा लागेसँगै थप संकटमा पुगेको हो ।

८३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४२ सांसदको समर्थन चाहिन्छ । तर, सत्तारुढ नेकपा (एमाले)सँग प्रदेशसभामा मात्रै ३८ सांसद छन् । तत्कालिन समय पोखरेल जसपाका कारबाही परेका ४ सांसदलाई समेत जोडेर बहुमतको दाबीसहित सत्तामा पुगेका थिए ।

प्रदेशमा जसपाका ६ सांसदमध्ये ३ सांसद महन्थ ठाकुर पक्षमा छन् । तर, आधिकारिकता यादव पक्षले पाएसँगै थप ३ सांसदको पद पनि स्वभाविक धरापमा छ । आधिकारिक पक्षमा आए सरकारबाट बाहिरिनु पर्ने र महन्थ ठाकुर पक्षलाई साथ दिए सांसद पद जाने स्थिति प्रदेश सांसदहरुको छ ।

जसपाको आधिकारिक पक्षले पनि पार्टी निर्देशन विपरित जानेलाई पदमुक्त गरिने स्पष्ट पारेको छ ।

यस्तोमा पोखरेलले जसपाका तीन सांसदको साथ नपाउने निश्चित देखिन्छ । तीन सांसदको साथ नपाएसँगै उनी स्वभाविक थप अंकगणितमा कमजोर बन्नेछन् ।

हाल प्रदेशसभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक गरी ४२ जना सांसद विपक्षी गठबन्धनमा छन् ।

प्रदेश प्रमुख हटाउने तयारीमा छ सरकार

लुम्बिनीमा पोखरेलले प्रदेश प्रमुखको सहयोगमा सरकार चलाईरहेका छन् । तत्कालिन समय पनि प्रदेश प्रमुखकै सहयोगमा बहुमत नै नपुर्‍याई उनी मुख्यमन्त्रीमा नियुक्ती भएका थिए ।

लुम्बिनीमा पोखरेलले प्रदेश प्रमुखको सहयोगमा सरकार चलाईरहेका छन् । तत्कालिन समय पनि प्रदेश प्रमुखकै सहयोगमा बहुमत नै नपुर्‍याई उनी मुख्यमन्त्रीमा नियुक्ती भएका थिए ।

तर, कांग्रेस नेतृत्वको गठबन्धनको सरकार प्रदेश प्रमुख नै परिवर्तनको तयारीमा पुगेको छ । मंगलबार नै प्रदेश प्रमुख परिवर्तन गर्ने गरि गठबन्धनले तयारी गरेको छ ।

यस्तोमा पोखरेल नेतृत्वको सरकार स्वभाविक थप संकटमा परेको देखिन्छ । प्रदेश प्रमुख परिवर्तन गराएसँगै उनको पद नरहने निश्चित जस्तै छ ।

याे पनि…

बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती

वि.सं.२०७८ साउन १२ मंगलवार १५:२८ मा प्रकाशित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...