
वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् । यादवले आइतबार दिउँसो संविधानको धारा १६८ को उपधारा (१)बमोजिम पोखरेललाई नियुक्ती गरेका हुन् ।
प्रदेश प्रमुखका प्रेस सल्लाहकार चिरञ्जिवी पौडेलद्धारा जारी विज्ञप्तीमा बताइएअनुसार पोखरेलले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गनै प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेशप्रमुख समक्ष निवेदन गरेका थिए ।
यसअघि विपक्षी दलका ४० सांसदले प्रदेश प्रमुख यादवलाई पोखरेलको नियुक्ती रोक्न हस्ताक्षरसहित माग गरेका थिए । उनीहरुले पोखरेलसँग बहुमत नरहेको दाबी गरेका थिए ।
तर, दलहरुको माग विपरित प्रदेश प्रमुखले पोखरेलसँग बहुमत रहेको दाबी गर्दै नियुक्ती गराएका हुन् ।
८१ सदस्यीय प्रदेशसभामा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सांसद विमला वलीले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेसँगै एमालेसँग ४० सांसद मात्रै देखिएका थिए । जुन घटनासँगै एमाले बहुमत बिहिन बनेको थियो ।
प्रदेशसभामा कांग्रेस र माओवादी गठबन्धनसँग सभामुखसहित ४१ सांसद देखिएका छन् । बहुमत पुर्याउन ४१ सांसदको आवश्यक पर्दछ ।
सम्बन्धित समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा
एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार
शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री