back
CTIZAN AD

बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती

वि.सं.२०७८ वैशाख १९ आइतवार

771 

shares

वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् । यादवले आइतबार दिउँसो संविधानको धारा १६८ को उपधारा (१)बमोजिम पोखरेललाई नियुक्ती गरेका हुन् ।

प्रदेश प्रमुखका प्रेस सल्लाहकार चिरञ्जिवी पौडेलद्धारा जारी विज्ञप्तीमा बताइएअनुसार पोखरेलले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गनै प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेशप्रमुख समक्ष निवेदन गरेका थिए ।

यसअघि विपक्षी दलका ४० सांसदले प्रदेश प्रमुख यादवलाई पोखरेलको नियुक्ती रोक्न हस्ताक्षरसहित माग गरेका थिए । उनीहरुले पोखरेलसँग बहुमत नरहेको दाबी गरेका थिए ।

तर, दलहरुको माग विपरित प्रदेश प्रमुखले पोखरेलसँग बहुमत रहेको दाबी गर्दै नियुक्ती गराएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सांसद विमला वलीले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेसँगै एमालेसँग ४० सांसद मात्रै देखिएका थिए । जुन घटनासँगै एमाले बहुमत बिहिन बनेको थियो ।

प्रदेशसभामा कांग्रेस र माओवादी गठबन्धनसँग सभामुखसहित ४१ सांसद देखिएका छन् । बहुमत पुर्याउन ४१ सांसदको आवश्यक पर्दछ ।

No description available.

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री

विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:४६ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...