back
CTIZAN AD

विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ

वि.सं.२०७८ वैशाख १९ आइतवार

978 

shares

वैशाख १९, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्र प्रवेश गरेकी छिन् । आइतबार एक विज्ञप्ती जारी गर्दै खत्रीले आफुँ माओवादी केन्द्रमै सक्रिय रहने बताएकी हुन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू नेकपा ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश सभा दलको सदस्य भई क्रियाशील रहन इच्छुक रहेको पत्र उनले माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र समेत पठाएकी छन्।

ओलीले माओवादी पार्टी छनौट गरेसँगै एमालेको एकल बहुमतमा सरकार बनाउने शंकर पोखरेलको योजनामा धक्का पुगेको छ । योसँगै सांसद कारबाही पछि ८१ सदस्य कायम रहेको प्रदेशसभामा नेकपा (एमाले)को पक्षमा ४० सांसद देखिएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफुँविरुद्व आएको अविश्वासको प्रस्ताव असफल बनाउने उद्देश्यस्वरुप आइतबार बिहान राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै एमालेले संविधानको धारा १६८(१) बमोजिम एकल बहुमतको सरकार बनाउन दाबी पेश गरेको छ ।

ओलीले माओवादी रोजेसँगै ८१ सदस्यीय प्रदेशसभामा एमाले ४०, नेपाली कांग्रेस १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपा दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । जससँगै अविश्वासको प्रस्ताव ल्याएका विपक्षी गठबन्धनलाई लाई सरकार बनाउन सहज हुनेछ ।

No description available.

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री

 

वि.सं.२०७८ वैशाख १९ आइतवार १४:३६ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...