वैशाख १९, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्र प्रवेश गरेकी छिन् । आइतबार एक विज्ञप्ती जारी गर्दै खत्रीले आफुँ माओवादी केन्द्रमै सक्रिय रहने बताएकी हुन् ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू नेकपा ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश सभा दलको सदस्य भई क्रियाशील रहन इच्छुक रहेको पत्र उनले माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र समेत पठाएकी छन्।
ओलीले माओवादी पार्टी छनौट गरेसँगै एमालेको एकल बहुमतमा सरकार बनाउने शंकर पोखरेलको योजनामा धक्का पुगेको छ । योसँगै सांसद कारबाही पछि ८१ सदस्य कायम रहेको प्रदेशसभामा नेकपा (एमाले)को पक्षमा ४० सांसद देखिएका छन् ।
मुख्यमन्त्री पोखरेलले आफुँविरुद्व आएको अविश्वासको प्रस्ताव असफल बनाउने उद्देश्यस्वरुप आइतबार बिहान राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै एमालेले संविधानको धारा १६८(१) बमोजिम एकल बहुमतको सरकार बनाउन दाबी पेश गरेको छ ।
ओलीले माओवादी रोजेसँगै ८१ सदस्यीय प्रदेशसभामा एमाले ४०, नेपाली कांग्रेस १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपा दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । जससँगै अविश्वासको प्रस्ताव ल्याएका विपक्षी गठबन्धनलाई लाई सरकार बनाउन सहज हुनेछ ।
सम्बन्धित समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा
एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार
शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री
वि.सं.२०७८ वैशाख १९ आइतवार १४:३६ मा प्रकाशित