back
CTIZAN AD

आतंकित नहुनुहोस्. बाहिर भनेजस्तो कोरोना संक्रमितको उपचारमा सरकारले हात खुट्टा छोडेको छैन–स्वास्थ्यमन्त्री

वि.सं.२०७८ वैशाख १९ आइतवार

840 

shares

१९ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले दोस्रो लहर जटिल र गम्भीर भएपनि आतंकित हनुपर्ने र सरकारले हात खुट्टा टेक्ने अवस्था नआएको बताएका छन् ।
सरकारले कोरोना संक्रमितको उपचारमा हात उठाएको भन्दै आलोचना भइरहेका बेला मन्त्री त्रिपाठीले एक भिडियोमार्फत् यस्तो बताएका हुन् ।

विश्व नै कोरोना महामारीबाट प्रताडित रहेका बेला छिमेकी मुलु्कमा पनि कोरोना महामारी बढिरहेका बेला स्वास्थ्य सामग्री आपूर्तिमा केही समस्या आए पनि यी समस्या समाधान गर्न हरतरहले आफूहरु लागि परेको बताए ।

‘आतंकित हुने अवस्था छैन । सबै जिम्मा सरकारले लिएको छ । सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न कटिवद्ध छ ।’ मन्त्री त्रिपाठीले भनेका छन्, ‘मलाई थाहा छ संक्रमितहरुले जुन पीडा भोग्नु भएको छ, महामारीले जुन पीडा दिएको त्योसँग म परिचित छु अनि दुःखी पनि छु । तर, सरकार यहाँहरुको साथमा छ । बाहिर प्रचार भए अनुसार सरकारले हात खुट्टा छोडेको छैन । सरकार जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालनमा अगाडि बढेको छ ।’
विश्वमा उपलब्ध हरेक साधन भ्याक्सिन, अक्सिजन सिलिण्डर लगायतका सामग्री सबै जोहो गर्न सरकार दत्तचित्त भएर लागेको पनि उनले बताए । मन्त्री त्रिपाठीले केही औषधिहरु पनि दुई–तीन दिनमा आपूर्ति ुहने जानकारी दिएका छन् ।
‘अहिलेको दोस्रो भेरियण्ट आक्रामक रहेको र संख्या तिब्ररुपमा बढ्दै गएको छ । त्यसकारणले व्यवस्थापनमा कहिकतै त्रुटी भयो होला । त्यसको लागि म नैतिक जिम्मेवारी पनि लिन चाहान्छु , स्वास्थ्यमन्त्रीको हैसियतले । तर नेपाली जनताको जीवन हामीलाई सबैभन्दा महत्वपूर्ण हो ।’
मन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा आजैदेखि १ हजार बेड थपेर कोभिड संक्रमितको उपचारको सहज व्यवस्थाका लागि आफूहरु लागिपरेको समेत बताएका छन् ।

 

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:२६ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...