back

आतंकित नहुनुहोस्. बाहिर भनेजस्तो कोरोना संक्रमितको उपचारमा सरकारले हात खुट्टा छोडेको छैन–स्वास्थ्यमन्त्री

वि.सं.२०७८ वैशाख १९ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

१९ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले दोस्रो लहर जटिल र गम्भीर भएपनि आतंकित हनुपर्ने र सरकारले हात खुट्टा टेक्ने अवस्था नआएको बताएका छन् ।
सरकारले कोरोना संक्रमितको उपचारमा हात उठाएको भन्दै आलोचना भइरहेका बेला मन्त्री त्रिपाठीले एक भिडियोमार्फत् यस्तो बताएका हुन् ।

विश्व नै कोरोना महामारीबाट प्रताडित रहेका बेला छिमेकी मुलु्कमा पनि कोरोना महामारी बढिरहेका बेला स्वास्थ्य सामग्री आपूर्तिमा केही समस्या आए पनि यी समस्या समाधान गर्न हरतरहले आफूहरु लागि परेको बताए ।

‘आतंकित हुने अवस्था छैन । सबै जिम्मा सरकारले लिएको छ । सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न कटिवद्ध छ ।’ मन्त्री त्रिपाठीले भनेका छन्, ‘मलाई थाहा छ संक्रमितहरुले जुन पीडा भोग्नु भएको छ, महामारीले जुन पीडा दिएको त्योसँग म परिचित छु अनि दुःखी पनि छु । तर, सरकार यहाँहरुको साथमा छ । बाहिर प्रचार भए अनुसार सरकारले हात खुट्टा छोडेको छैन । सरकार जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालनमा अगाडि बढेको छ ।’
विश्वमा उपलब्ध हरेक साधन भ्याक्सिन, अक्सिजन सिलिण्डर लगायतका सामग्री सबै जोहो गर्न सरकार दत्तचित्त भएर लागेको पनि उनले बताए । मन्त्री त्रिपाठीले केही औषधिहरु पनि दुई–तीन दिनमा आपूर्ति ुहने जानकारी दिएका छन् ।
‘अहिलेको दोस्रो भेरियण्ट आक्रामक रहेको र संख्या तिब्ररुपमा बढ्दै गएको छ । त्यसकारणले व्यवस्थापनमा कहिकतै त्रुटी भयो होला । त्यसको लागि म नैतिक जिम्मेवारी पनि लिन चाहान्छु , स्वास्थ्यमन्त्रीको हैसियतले । तर नेपाली जनताको जीवन हामीलाई सबैभन्दा महत्वपूर्ण हो ।’
मन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा आजैदेखि १ हजार बेड थपेर कोभिड संक्रमितको उपचारको सहज व्यवस्थाका लागि आफूहरु लागिपरेको समेत बताएका छन् ।

 

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:२६ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...