back
CTIZAN AD

शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री

वि.सं.२०७८ वैशाख १९ आइतवार

894 

shares

वैशाख १९, काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भए यता लुम्बिनी प्रदेशमा निकै नै अनौठा खालका राजनीतिक घटनाहरु घटे । संसदीय राजनीतिमा निकै नै फोहोरी लाग्ने घटनाहरु लुम्बिनीमा देखिए ।

जुन दिन अविश्वासको प्रस्ताव दर्ता भयो त्यहि दिन प्रस्तावमा हस्ताक्षर गर्ने सांसद  नै मन्त्री बने । पार्टी निर्णय विपरित नाटकीय रुपमा सांसदहरु मन्त्री बन्दा एकिकरण नभईसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र निकै ठूलाे हुण्डरी चल्याे । जुन प्रकरण पछि जसपाभित्र कारबाहीका श्रृखंलाहरु चलेका छन् ।

जसपालाई विभाजनको संघारमा पुर्याउने लुम्बिनी घटनाका ती चार नेताको अहिले सांसद र मन्त्री दुवै पद गुमेको छ । पार्टीको बहुमत पक्षको कारबाही पछि सांसद पद गुमाएका उनीहरु मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै मन्त्री पद पनि गुमाउन बाध्य भएका छन् ।

गत वैशाख ६ को बेलुका मन्त्री बनेका जसपाका ४ नेता विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र सुमना शर्मा १२ दिनमै दुवै पद (मन्त्री र सांसद)बिहिन भएका छन् । पार्टी कारबाहीका कारण उनीहरुको पार्टी भूमिका पनि तत्कालका लागि सकिएको छ ।

जसपाका ४ सांसद हटेसँगै पोखरेललाई थप सहज

माओवादी र जसपाको कारबाही प्रकरणपछि लुम्बिनीको प्रदेशसभा ८१ सदस्यीय बनेको छ । जसमा ४१ सदस्य भएकाे नेकपा (एमाले) एकल बहुमतमा देखिएकाे छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार पुनः एकल बहुमतकै सरकार गठन गर्ने योजनाअन्तर्गत राजीनामा दिएका हुन् । जसका आधारमा उनलाई बहुमत सिद्ध गर्न सहज पनि हुने देखिन्छ ।

माओवादी र जसपाले सांसदलाई कारबाही नगर्दासम्म अंकगणितीय समस्यामा परेका पोखरेल कारबाही प्रकरणसँगै निकै सहज अवस्थामा पुगेका छन् । मुख्यतः जसपाको कारबाही प्रकरण पोखरेलका लागि ‘के खोज्छस् कानो, आँखो ?’ भएको छ ।

सम्बन्धित समाचार

फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

वि.सं.२०७८ वैशाख १९ आइतवार १२:१५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...