back

शंकर पोखरेलको राजनीति : जसपाका चार नेता न सांसद रहे न मन्त्री

वि.सं.२०७८ वैशाख १९ आइतवार

453 

shares
GLOBAL IME AD
NTC AD

वैशाख १९, काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भए यता लुम्बिनी प्रदेशमा निकै नै अनौठा खालका राजनीतिक घटनाहरु घटे । संसदीय राजनीतिमा निकै नै फोहोरी लाग्ने घटनाहरु लुम्बिनीमा देखिए ।

जुन दिन अविश्वासको प्रस्ताव दर्ता भयो त्यहि दिन प्रस्तावमा हस्ताक्षर गर्ने सांसद  नै मन्त्री बने । पार्टी निर्णय विपरित नाटकीय रुपमा सांसदहरु मन्त्री बन्दा एकिकरण नभईसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र निकै ठूलाे हुण्डरी चल्याे । जुन प्रकरण पछि जसपाभित्र कारबाहीका श्रृखंलाहरु चलेका छन् ।

जसपालाई विभाजनको संघारमा पुर्याउने लुम्बिनी घटनाका ती चार नेताको अहिले सांसद र मन्त्री दुवै पद गुमेको छ । पार्टीको बहुमत पक्षको कारबाही पछि सांसद पद गुमाएका उनीहरु मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै मन्त्री पद पनि गुमाउन बाध्य भएका छन् ।

गत वैशाख ६ को बेलुका मन्त्री बनेका जसपाका ४ नेता विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र सुमना शर्मा १२ दिनमै दुवै पद (मन्त्री र सांसद)बिहिन भएका छन् । पार्टी कारबाहीका कारण उनीहरुको पार्टी भूमिका पनि तत्कालका लागि सकिएको छ ।

जसपाका ४ सांसद हटेसँगै पोखरेललाई थप सहज

माओवादी र जसपाको कारबाही प्रकरणपछि लुम्बिनीको प्रदेशसभा ८१ सदस्यीय बनेको छ । जसमा ४१ सदस्य भएकाे नेकपा (एमाले) एकल बहुमतमा देखिएकाे छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार पुनः एकल बहुमतकै सरकार गठन गर्ने योजनाअन्तर्गत राजीनामा दिएका हुन् । जसका आधारमा उनलाई बहुमत सिद्ध गर्न सहज पनि हुने देखिन्छ ।

माओवादी र जसपाले सांसदलाई कारबाही नगर्दासम्म अंकगणितीय समस्यामा परेका पोखरेल कारबाही प्रकरणसँगै निकै सहज अवस्थामा पुगेका छन् । मुख्यतः जसपाको कारबाही प्रकरण पोखरेलका लागि ‘के खोज्छस् कानो, आँखो ?’ भएको छ ।

सम्बन्धित समाचार

फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

वि.सं.२०७८ वैशाख १९ आइतवार १२:१५ मा प्रकाशित

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

तुलसीपुर (दाङ) । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय...

उत्पादन बढेसँगै पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री

उत्पादन बढेसँगै पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री

रामपुर (पाल्पा) । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन...

सार्वजानिक बिदा दिएर स्थापना दिवस मनाउदैँ लुम्बिनी प्रदेश

सार्वजानिक बिदा दिएर स्थापना दिवस मनाउदैँ लुम्बिनी प्रदेश

तुलसीपुर । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।...

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा,...

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जानकी (बाँके) । जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक...