back
CTIZAN AD

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

वि.सं.२०७८ वैशाख १९ आइतवार

735 

shares

वैशाख १९, काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पोखरेलले राजीनामा दिएपछि आइतबार बसेको संसदीय दलको बैठकले पुनः उनकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताए ।

उनका अनुसार नयाँ सरकारको लागि प्रदेश प्रमुखले आज नै आव्हान गर्ने र पोखरेलले दाबी गर्ने तयारी एमालेको छ । हाल प्रदेशसभाका प्रमुख एमाले निकटका धर्मनाथ यादव छन् ।

कारबाही प्रकरणपछि लुम्बिनीको प्रदेशसभा ८१ सदस्यीय भएको छ । माओवादी केन्द्रले २ र जनता समाजवादीले ४ सांसदलाई कारबाही गरेका थिए । ८१ प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । जसका आधारमा एमालेसँग स्पष्ट बहुमत देखिन्छ ।

एमालले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमत देखाउँदै सरकार गठनको लागि निवेदन गर्ने तयारी गरेको छ ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर ल्याएको अविश्वासको प्रस्तावमा ‘फ्लोर क्रस’को चिन्ता देखिएको थियो । तर, नयाँ सरकार गठनसँगै त्यो विषय स्वतः समाप्त भएको छ । आइतबार बसेको एमाले प्रदेश सभाको बैठकमा माधव कुमार नेपाल निकटका सांसदहरु विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागी भएका थिए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राजिनामा

वि.सं.२०७८ वैशाख १९ आइतवार १२:५४ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...