२७ जुलाई, थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डको जुलाई २५ मा सम्पन्न निर्वाचनमा भविन्द्र बस्नेत निर्वाचित भएका छन् ।
एनआरएनए थाइल्याण्डमा पहिलोपटक भएको उक्त निर्वाचनमा बाग्लुङ गलकोट नगरपालिका -५ घर भई थाइल्याण्डमा व्यवसाय संचालन गरिरहेका बस्नेतले अत्यधिक मतसहित विजयी भएको बताइएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यसमितिको उपाध्यक्षहरुमा यमी कर्माचार्य, कान्छा (गावो) गुरुङ, क्रिचपत जम्पथोङ, प्रेमदत्त दनाई, साकोद रामा, महासचिवमा सुवास थापा, सचिवमा श्रीहरि आचार्य, सहसचिवमा निरज बैद्य, कोषाध्यक्षमा अतिश कृष्ण श्रेष्ठ, युवा संयोजकमा डा. दिनेश रोकाया र महिला संयोजकमा सकुन्तला थोङ्गसुक तथा सदस्यहरुमा पोन्दुचलाई राई र भिचाइ लिम्पु चयन भएका छन् ।

त्यसैगरी संघको आइसिसि सदस्यमा आशाजित अवाले निर्वाचित भएका छन् ।
थाईल्याण्डमा रहेका झण्डै आधा दर्जन सामाजिक संस्थामा सक्रिय भूमिका निर्वाह गरेका नवनिर्वाचित अध्यक्ष बस्नेतले नेपाली सुमदायका लागि सन्तुलित, संस्थागत, जवाफदेही र समावेशी बनाउन तथा नेपाली समुदायप्रति उत्तरदायि भै अभिभावकिय भूमिका निर्वाह गर्नका लागि संस्थाको विधि, नीति, पद्धति र आर्थिक अनुशासन महत्वपूर्ण रहन्छ भन्ने मान्यतालाई स्थापित गराउन सबै पक्षलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

वि.सं.२०७८ साउन १२ मंगलवार १५:३० मा प्रकाशित






























