back
CTIZAN AD

भैँसीपालनमा पाल्पाली युवा, पोखरा र स्याङजामा पनि पाल्पाली दूध विक्रि

वि.सं.२०७८ साउन १४ बिहीवार

732 

shares

१४ साउन, रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’

गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उनले अहिले भँैसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाएका छन् । उनले तराईबाट उन्नत जातका भैँसी ल्याएर पालेका छन् र सात वर्षदेखि यसैमा व्यस्त रहेका छन् ।

“भँैसीपालनले हातमा दाम मात्र नभई समाजमा राम्रो पहिचान बनेको छ, चार वर्ष विदेशमा बगाएको पसिना अहिले सम्भmँदा पश्चाताप लागिरहेछ, बिहान उठ्यो भैँसी दुहेर बजार लग्यो यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु”, उनले भने ।

बजारमा भैँसीको दूधको माग बढ्दो र मूल्य राम्रै पाइने भएकाले यही व्यवसाय रोजेका उनका फार्ममा छ भैँसी र तीन गाई छन् । वार्षिक दूध बिक्रीबाट खर्च कटाएर रु दुई लाखभन्दा बढी आम्दानी गर्छन् । भँैसीको प्रतिलिटर रु ८७ र गाईको रु ६२ मा दूध बिक्री भइरहेको छ ।

विगत एक दशकदेखि भैँसीपालन गर्दै आएका अर्का सफल व्यवसायी कृष्णकुमार अर्यालले अहिलेसम्म पनि यसलाई निरन्तरता दिँदै आएका छन् । पाँचवटा भैँसीबाट व्यवसाय सुरु गरेका अर्यालका हाल ११ वटा दुहुनासहित २२ भँैसी र पाँच गाई छन् । प्रत्येक दिन बिहान र साँझ गरी एकसय लिटर दूध बजारमा पु¥याउनुने गरेको उनी बताउँछन्, “भैँसी पाल्न थालेको एक दशक भएछ, कसरी ती दिन बिते पत्तै भएन, घरमै बसेर रेखदेख र घाँसपात गर्दा र बजारमा दूध पु¥याउँदैमा आनन्द लाग्दछ, कुनै दिन पनि हातमा दाम खाली भएन ।”

दूध बिक्रीबाट खर्च कटाएर वार्षिक कम्तीमा रु तीन लाख आम्दानी गवर्छन् । भैँसीपालन थालनी गरेदेखि उनलाई गाउँलेहरू भैँसी कृष्णका नामले चिन्दछन् । उहाँ ‘दूध पिऔँ र स्वस्थ बनौँ’ भन्ने अभियानमा छन् ।

नागिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले पाल्पा जिल्लामै सबैभन्दा ठूलो भँैसी व्यवसाय चलाएका छन् । दुई वर्षअघि देखि भँैसीस्रोत केन्द्र नाम दिएर व्यवसाय शुरु गरेका उनीसँग हाल ६५ भैँसी छन् र २२ दुईओटा दुहुना ।

अर्याल दैनिक २३५ लिटर दूध बजारमा खपत गर्छन् । भैँसी खरीद र गोठ निर्माणमा करीब रु दुई करोड ७० लाख बराबरको लगानी परेको छ । एक सय माउ भैँसी पाल्ने लक्ष्य लिएका उनले चार युवालाई रोजगार पनि दिएका छन् ।

भारतका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरीद गरी व्यवसाय चलाएका अर्यालले भैँसीका लागि रु एक लाख ३० हजारदेखि दुई लाख ५० हजारसम्म तिरेका छन् । ठूला भैँसी भएकाले यहाँ अवलोकन गर्नेहरूको पनि दैनिक चहलपहल देखिन्छ ।

जिल्लामा भैँसीपालनलाई प्रोत्साहन गर्न सङ्घीय सरकारले एक वषअघि देखि नै रामपुर नगरपालिका–१० स्थित गेझामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्थानीय आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत ‘समुदायमा सञ्चालित समुदायको भँैसी स्रोत विकास केन्द्र’ का नाममा सङ्घीय सरकारको रु २५ लाख सहयोग र सहकारीको रु २५ लाख लागतमा कार्यक्रम सञ्चालन हुँदै आएको हो ।

सो रकमबाट घाँसको बीउबिजन वितरण, औषधि उपचारमा खर्च, तालीम, स्वास्थ्य शिविर, भैँसी खरीदमा ढुवानीखर्च कृषकलाई उपलब्ध गराइएको छ । भैँसीफार्म स्थापना गरेका कृषकलाई ढुवानीमा एक भैँसी बराबर रु तीन हजार उपलब्ध गराइएको सहकारीका अध्यक्ष सीता देवकोटा बताउँछीन् ।

भैँसी स्रोत केन्द्र कार्यक्रममा सामावेश भएका कृषकले कार्यक्रम शुरु भएको तीन वर्षमा २० वटासम्म भैँसी पाल्नुुपर्ने हुन्छ । यहाँ भैँसीफार्म नै सञ्चालन गर्ने चार कृषक छन् । विसं २०६९ मा स्थापना भएको यस सहकारीमा हाल ५०० शेयर सदस्य छन् । सहकारीले व्यावसायिक पशुपालन गर्ने कृषकलाई ऋण उपलब्ध गराउनाका साथै गाउँमा उत्पादित दूध सङ्कलन गरी बजार पठाउने कार्य गरिरहेको छ । स्थानीय स्तरमा र बेझाड बजारमा दैनिक १५० लिटर दूध बिक्री भइरहेको छ ।

जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ९०० मेट्रिक टन दूध उत्पादन भएकामा भैँसीको ४५ हजार १४७ मेट्रिक टन र गाईको १६ हजार ७५३ मेट्रिक टन दूध बजारमा खपत भएको थियो ।

यहाँ उत्पादन भएको दूध पोखरा, स्याङ्जालगायतका बजारमा बिक्री भइरहेको छ । यहाँ दैनिक उत्पादन हुने १४२ मेट्रिक टनमध्ये ९६ मेट्रिक टन भैँसीको दूध रहेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर राना बताउँछन् ।

“गाईले आठ महिनासम्म दूध दिने, चाँडै थाक्ने र अर्को पटक ब्याउन समय धेरै पर्खनुपर्ने हुँदा लामो समयसम्म पाल्न झन्झट हुने भएकाले भैँसी पाल्न नै किसान आकर्षित भए पनि बजारको मागअनुसार अझै दूध उत्पादन हुन सकेको छैन”, डा रानाले भने ।

उनका अनुसार बजारमा भैँसीको दूधको बढी माग आएकाले कृषकलाई भैँसी विस्तार गर्न अनुरोध गरिएको छ । दूधमा आत्मनिर्भर रहेको पाल्पामा बाहिरी जिल्लाबाट पनि भैँसीको दूधको माग बढी आउने गरेको व्यवसायीहरू बताउँछन् । जिल्लामा भैँसीपालनलाई महत्व दिँदै थोरैमा दुई÷तीनवटा भए पनि भँैसीपालनलाई कृषकले व्यावसायिक रुप दिन थालेका छन् । भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अनुसार ठूलो सङ्ख्यामा भैँसीपालन गर्ने एक दर्जन कृषक छन् ।

गाईको दूधबाट छुर्पी, पनिर, दही, घीउलगायतका परिकार बनाएर बेच्ने गरिएको छ । हाल बजारमा भैँसीको दूधको मूल्य रु १०० रहेको छ । दुग्ध व्यवसायीले भने भैँसीको दूध कृषकबाट रु ८० देखि माथि गुणस्तर जाँच गरेर मात्रै खरीद गरेका छन् ।

 

वि.सं.२०७८ साउन १४ बिहीवार ०७:४० मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...