back
CTIZAN AD

गेग्य्रान बग्दा सिन्धुपाल्चोकमा ठूलो क्षति, मेलम्ची र नदी तटीय क्षेत्र अझै ठूलो जोखिममा

वि.सं.२०७८ साउन १८ सोमवार

810 

shares

१८ साउन, काठमाडौँ । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको प्रस्ट्याउने आइतबार स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले निष्कर्ष छ ।

उनीहरूका अनुसार अहिले नै खास कारण भन्न किने अवस्था छैन तर पनि मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ ।

आइतबार स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आइतबार भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आइतबार अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटा पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको छ । उनी त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्छन् । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान गर्नुहुन्छ ।

उनले भने, “घर बनाउँदा प्रयोग हुने गिट्टी, बालुवा मिसाएको घोल जस्तै निस्किएको देखियो, त्यो घोल बगाउँदा त्यसले गर्ने क्षति बढी हुन्छ, हेलम्बुमा अहिले त्यही देखिएको छ, मेलम्चीमा दुई खोलाको बहाव रोकिँदा बजार क्षेत्रमा ठूलो क्षति भएको हो ।” उनले यो अझै दोहोरिन सक्ने चेतावनी दिए ।

प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहो¥याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताउँछन् ।

अध्ययन बाँकी नै रहेको बताउँदै उनले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताए । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेल हिमालय क्षेत्रकै यो निकै ठूलो क्षति भएको बताए । यसले मेलम्ची र हेलम्बुमा मात्रै होइन दोलालघाट तथा तल्लो क्षेत्रमा समेत प्रभाव पारेको छ । उनले हेलम्बु र मेलम्चीमा भारी वर्षापछि आएको बाढी र क्षतिबारे विशेषज्ञ टोलीसहित स्थलगत अध्ययन गरिरहेको जानकारी दिए ।

आइतबार हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । अहिले पनि ठूलो मात्रामा झरिरहेको छ । त्यही बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति हुन पुगेको र अझै क्षति हुने अनुमान गर्न सकिने देखिएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थान प्राडा विष्णु पाण्डे अझै कारण के हो भनेर यकिन भन्ने नसकिने बताउनुहुन्छ । उनका अनुसार प्रारम्भिक चरणको अध्ययनअनुसार सेटेलाइटबाट पाएको तथ्याङ्कमा थोरै समयमा अत्यधिक पानी परेर बाढी ल्याएको भने नदेखिएको बताए ।

उनले भने, “अहिले पनि त्यसरी अत्यधिक पानी परेर ठूलो बाढी आएको हो भन्ने देखिँदैन, हिमताल फुटेर आएको हो कि भन्ने अनुमान पनि गर्न सकिँदैन, पहिरो खसेर थुनिएको र त्यसपछि आएको भन्ने पनि देखिँदैन, ठूलो मात्रामा पानी थुन्न सक्ने अवस्थासमेत नदेखिँदैन । निकै भिरालो ठाउँमा पानीको फोर्स बढी हुँदा दुई छेउमा कटान भएको र जमेको क्षेत्र पनि बगाउँदा बढी क्षति भएको उनको प्रारम्भिक निष्कर्ष छ ।

अर्का विज्ञ वसन्त अधिकारी जमेको माटो बिस्तारै पानीले खोलेर ऊर्जा बढाएको र त्यसले कटान बढाउँदै वरिपरिको क्षेत्र खसालेर शक्ति पैदा गरेको देखिने सुनाउँछन् । उनले माथिबाट सामान्य रूपमा शुरु भए पनि इनर्जी बढेर तल काट्दै आएको र गेग्य्रानसहित मिसिएर बाढीमा परिणत भएको बताए ।

त्यहाँका प्रदेश सांसद निमा लामा माथिको कारण पत्ता नलागेसम्म समस्या समाधान गर्न नसकिने भएकाले तत्कालै अध्ययन गर्नुपर्ने बताउँछन् । उनले विज्ञहरूलाई तत्काल अध्ययन गरेर कारण खोज्न पनि अनुरोध गरे । आइतबार बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बैठक बसेर आवश्यक खोज उद्धार प्रभावकारी बनाउन निर्देशन दिएको थियो । बैठकमा गृहमन्त्री खाँडले आवश्यक साधन स्रोतका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
(रासस)

 

वि.सं.२०७८ साउन १८ सोमवार ०६:०८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...