१८ साउन, अमेरिका । अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) कि पूर्व सल्लाहकार, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छन् ।
डा परियार जर्सी सिटी सहरको रोजगार र तालिम कमिटी(Jersey City Employment & Training Committee) को समाजपयोगी वोर्डमा आगामी चार वर्ष सन् २०२१-२०२४ कार्यकालको लागि नियुक्त भएकी हुन् ।
जर्सी सिटी शहरको सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) रहेकी डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच बीच भगिनी सम्बन्ध (सिस्टर सिटी) कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको छ।
डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन्।
अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी (भगिनी सम्बन्ध) बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक परिषद प्रस्ताव पारित गरिएको थियो।
जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध (सिस्टर सिटी)बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँ पालिका हो।
यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिषद सभापति रोलाण्डो लाभारोको सवल नेतृत्व र डा। परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (अस्थायी सुरक्षित दर्जा) परिषद प्रस्ताव पारित गरिएको थियो।
अस्थायी सुरक्षित दर्जा (टिपीएस) प्रस्ताव पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोहसम्पन्न भएको थियो ।
सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो र विश्वमै संम्भवतः पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा। परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिइन् ।
वि.सं.२०७८ साउन १८ सोमवार ०६:३१ मा प्रकाशित






























