back
CTIZAN AD

भक्तजनको भीडले शिवालय परिसरमा भरिभराउ

वि.सं.२०७८ साउन १८ सोमवार

711 

shares

१८ साउन, महोत्तरी । साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि आज पनि राताम्य देखिएको छ ।

टुटेश्वरचोकबाट आठ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिरमा राता बस्त्रधारी यात्रुको आवतजावतले त्यहाँको परिवेश नै राताम्य देखिएको हो ।

मडाहा नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित सो मन्दिर वरपर आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकदेखि मन्दिरसम्मै पूरै सडक ढाकेर बोलबमको नारा लगाउँदै राता, पहेंला वस्त्रमा सजिएर हिँडने भक्तजनको पङ्क्ति देखिएको छ ।

सौरमासअनुसार गत ४ गतेदेखि नै पहिलो सोमबार शुरु भए पनि मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको विशेष महत्व हुने भएकाले दर्शनार्थीको भीड साउन ११ गते सोमबारदेखि मात्र शुरु भएको हो । सौरमासको गणनाले आज साउनको तेस्रो सोमबार भए पनि सौरमास र चन्द्रमास दुवैभित्र परेको भने आज दोस्रो सोमबार हो ।
यसपाली सौरमासअनुसार साउन ४, ११, १८ र २५ गते चारवटा सोमबार, चन्द्रमासअनुसार साउन ११, १८ र २५ गते गरी तीनवटा सोमबार परेको र दुवैमासमा तीनवटै अर्थात ११, १८ र २५ गते सोमबार परेका छन् । सिमसिम पानी परेर प्रचण्ड घामको ताप छलेकाले पनि आज दर्शनार्थीको सङ्ख्या निकै बढेको टुटेश्वर बस्तीका भुवन महत बताउँछन् ।

शिवलिङ्गमा जल चढाउन नजिकैको मडहा नदीबाट जल ल्याउन सकिने भएकाले पनि धेरैजसो भक्तले रातु र कमला नदीबाट जल भरेर ल्याउने गरेका छन् । आज ६० किमी दूरीको उत्तरायणी ९उत्तरतर्फ बगेको० कमला नदीबाट जल लिएर दर्शन गर्न आउने डाक बम ९सोमबार नै जल भरेर उसै दिन शिवलिङ्गमा जल चढाउन नाङ्गो खुट्टाले हिँडैरै आउने भक्त० को सङ्ख्या पनि दुई हजार नाँघिसकेका मन्दिर व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका उनको भनाइ छ ।

टुटेश्वरनाथमा दर्शन गर्न आउनेमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरी जिल्लासहित छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्त पनि सम्लग्न छन् । घना वनक्षेत्रभित्र आठ किलोमीटर बाटो पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडको रमाइलो थुम्को रमणीय भएकाले पनि यो धार्मिकस्थलको आकर्षण बढेको विहार राज्यको शिवहर जिल्लाका भक्त शिवदयाल दास बताउँछन् ।

त्यसैगरी टुटेश्वरवासीको अतिथिप्रति सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तजनकोको रोजाइमा पर्ने गरेको यसपाली पाँचौँ पटक यहाँ आउनुभएका भारतकै सीतामढी जिल्लाको नोचा डिमाहीका रामसेवक महतोको धारणा छ ।

सोमबारे मेलाका अवसरमा आज टुटेश्वरका अतिरिक्त जिल्लाका भङ्गाहा–५ स्थित सिद्धनाथ महादेब मन्दिर, जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर र मगरथानास्थित मङ्गलनाथ महादेब मन्दिरमा पनि भक्तजनको निकै घुइँचो छ ।

यस पर्वले एकअर्को प्रदेशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । अहिले प्रदेश नं। ३ को सिन्धुली जिल्ला दूधौली नगरपालिका–२ हतपतेको लङ्गुरस्थानस्थित दूधेश्वरनाथ मन्दिर पुग्ने प्रदेश नं।२ का भक्तको सङ्ख्या उल्लेख्य छ । त्यसैगरी प्रदेश नं १ र ३ का भक्तजन महोत्तरीका शिवालयमा बाक्लै भेटिएका छन् ।

हिन्दू परम्परामा साउनको सोमबारका दिन शिवलिङ्गमा जल र पूmल चढाएर ब्रत बसे पुण्य हुने जनविश्वास छ । शिवालयमा हुने भक्तजनको जमघटलाई पर्यटन प्रवद्र्धनमा जोड्ने काम नभएको जिल्लाका बुद्धिजीवीको गुनासो छ ।
रासस

वि.सं.२०७८ साउन १८ सोमवार १३:३८ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...