२ अगस्त, नर्वे । एनआरएनए नर्वेको अध्यक्षमा जीवन शाही निर्वाचित भएका छन् ।
जुलाई ३१ मा केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यतामा अनलाइनमार्फत् सम्पन्न समितिको निर्वाचनमा शाहीले २९३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी पवित्र बस्नेतले १८५ मत प्राप्त गरेर पछि परेका थिए ।

एनआरएनए नर्वेको निर्वाचनमा तीनजनाले अध्यक्षमा उम्मेदवारी दिए पनि अन्तिम समयमा सुरेन्द्र क्षेत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शाही र बस्नेतबीच चुनावी प्रतिश्पर्धा भएको थियो ।

त्यस्तै सचिवमा २३८ मतसहित बिजय काफ्ले निर्वाचित भएका छन् । साथै अन्य उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बस्तोला, दिपेन् बिष्ट तथा महासचिवमा बिष्णु गौतम, युवा संयोजकमा बिक्रम बस्नेत, महिला संयोजकमा प्रबिणा मुनाकर्मी र सदस्यहरुमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता र सालीग्राम ढुंगाना निर्बिरोध निर्बाचित भएका छन् ।
त्यस्तै आइसीसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित भएका छन् । समितिको कोषाध्यक्ष लगायतका पदहरु पछि चयन गरिने बताइएको छ ।
निर्वतमान अध्यक्ष नयन मल्लको सभापतित्वमा सम्पन्न अधिबेशनमा मनिष बुढाथोकीको संयोजक रहेको ६ सदस्यीय निर्वाचिन समितिले नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरेको थियो ।
वि.सं.२०७८ साउन १८ सोमवार १३:४८ मा प्रकाशित






























