१८ साउन, सप्तरी । छिन्नमस्ता मन्दिरबाट आइतवार राति चोरी भएको ५ सय ८ ग्राम चाँदीको मुकुट सहित एक व्यक्ति पक्राउ परेका छन् ।
छिन्नमस्ता गाउँपालिका–१ मा रहेको छिन्नामस्ता मन्दिरको मुकुट चोरोको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका–५ का २३ वर्षीय राजेश कुमार मण्डललाई सोमबार बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त मुकुटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १४:३४ मा प्रकाशित





























