back
CTIZAN AD

देशभर थपिए ३ हजार १२५ कोरोना संक्रमित, २३ को मृत्यु

वि.सं.२०७८ साउन १८ सोमवार

624 

shares

साउन १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । मन्त्रालयले जनाएअनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।

निको हुनेको पनि संख्या बढ्दो

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाएअनुसार सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार १७:२१ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...