back
CTIZAN AD

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदमाथि एमालेले गरेको कारबाही सदर (सर्वोच्चको आदेशसहित)

वि.सं.२०७८ साउन १८ सोमवार

687 

shares

साउन १८, काठमाडौं । कर्णालीमा फ्लोर क्रस गरि माओवादी केन्द्र नेतृत्वको सरकारलाई मत दिने सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले कारबाही सदरको आदेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।

राउतको इजलासले गरेको उक्त आदेशविरुद्व ओलीले गत असार ७ मा भ्याकेट निवेदन दिएका थिए । ओलीले दशौं राष्ट्रिय आयोजक कमिटी आधिकारिक कमिटी भएको भन्दै कारबाहीलाई मान्यता दिन माग गरेका थिए ।

‘आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत ‘फ्लोर क्रस’ गरी दलको निर्णयविरूद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता अनुकूल एवं नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ र ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट जेठ २८ मा भएको अन्तरिम आदेशले निरन्तरता पाउँदैन, खारेज हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।

यो आदेशसँगै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी पनि बैध भएको देखिएको छ ।

यस्ताे छ सर्वाेच्चकाे आदेश

 

वि.सं.२०७८ साउन १८ सोमवार १७:५३ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...