साउन १९, काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएका डा. जागेश्वर गौतमबारे प्रत्यारोप भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णय अनुसार उनलाई हटाइएकोबारे धेरै क्रिया प्रतिक्रिया आइरहेका बेला स्वास्थ मन्त्रालयको एक श्रोतले भने उनलाइ माफियाहरुको जोडबलमा हटाइएको बताएको छ ।
स्वास्थराज्यमन्त्री उमेश श्रेष्ठले सबै स्वास्थसंस्थाहरुको मालिकत्वबाट टाढा रहने घोषणा गरेको भोलीपल्टै डा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । गौतमको ठाउँमा सरकारले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएको छ ।
गौतम वीरको प्रमुख भएर आएसँगै उनिमाथि स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कोभिड अस्पतालहरुको व्यवस्थापनमा आर्थिक अनियमितता गर्न खोजेको जस्ता आरोप लागेका थिए । गौतममाथि छानविन गर्न र हटाउन माग गर्दै वीरका चिकित्सक तथा कर्मचारी केहि दिनदेखि आन्दोलनमा समेत थिए । सोमवार उनलाइ हातपात भएको प्रचार समेत गरीएको थियो । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका गौतमलाई सरकारले कोभिड युनिफाइड अस्पतालको निर्माण गरि गत जेठ १० मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त गरेको थियो ।
‘गौतमबारेको टिकाटिप्पणीका सम्बन्धमा अधिकारप्राप्त निकायबाट छानबिन हुनेस्थिति रहेकै बेला जागेश्वरलाइ बलात हटाइनुमा नियत ठिक नभएको सहजै अनुमान गर्न सकिन्छ । ’ मन्त्रालयको एक उच्चश्रोतले असन्तुष्टि ब्यक्त गयो । तर बीर अस्पतालको एक अर्को स्रोतका अनसार जागेश्वरकोे शैली र अहंकारका कारण कर्मचारीहरु ब्ढि रुष्ट भएका हन ।
यी सबै आरोप र हठात सरुवाका बिषयमा डा जागेश्वर निकट श्रोतले संचारमाध्यमसंग भनेको छ ‘२०० बेडको नया योजनाबाट छटपटी भएर नै यस्तो काम भएको हो । ’
वि.सं.२०७८ साउन १९ मंगलवार ०९:४७ मा प्रकाशित






























