१९ साउन, काठमाडौं । बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सोमवार काठमाडौंका ६० वर्षीय २ जना, ४९, ८० र ३५ वर्षीय गरी पाँच पुरुषको मृत्यु भएको हो ।
त्यस्तै नुवाकोटका एक ४ वर्षीय वालक र ४८ वर्षीय पुरुष गरी २ जना तथा रामेछापका ७२ वर्षीय पुरुष र भक्तपुरकी ७७ वर्षीया महिला गरी ९ जनाको मृत्यु भएको हो ।
सोमवार थपिएका ९ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०६७ पुगेको छ ।
त्यसैगरी प्रदेशमा सोमबार ७,९९७ नमुना परीक्षणमा १,४७५ जना नयाँ संक्रमित थपिएका छन् ।
सोमबार थपिएका १४७५ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार १६८ पुगेको छ । सोहि अवधिमा कूल संक्रमित मध्ये ३ लाख ६१ हजार ६३४ जना संक्रमणबाट मुक्त भएका छन् ।
बागमती प्रदेशमा हाल विभिन्न अस्पतालका आइसीयुमा ३९९ जना र भेन्टिलेटरमा ९६ जना उपचाररत रहेको मन्त्रालयको विवरणमा उल्लेखछ ।
वि.सं.२०७८ साउन १९ मंगलवार ०९:५२ मा प्रकाशित






























