१९ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा ट्वीटरबाट ट्वीट गर्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन् ।
— Paras Khadka (@paras77) August 3, 2021
२००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म प्राप्त गरेको थियो । उनलाई नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल खेलाडी समेत मानिन्छ ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका आफ्ना सपना भने अझै बामे सर्दै गरेको बताएका छन्।
वि.सं.२०७८ साउन १९ मंगलवार १०:४० मा प्रकाशित


























