Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

‘ मेरो ३ वर्षे कार्यकालको साथीहरुले मूल्यांकन गर्नुहुनेछ’



prabhu-thapa

प्रभु थापा, महासचिव, प्रवासी नेपाली मंच अमेरिका

प्रवाशी नेपाली मंच अमेरिकाको दोश्रो अधिबेशनको तयारी कस्तो हुँदैछ ?
मंचको दोश्रो अधिबेशन मार्चको ३१ र अप्रिलको १ र २ सम्म बाल्टिमोरमा हुँदैछ । यसको तयारी अन्तिम अवस्थामा पुगेको छ । आज भन्दा ६ महिना अगाडि नै १३ वटा उपसमिति बनाएर अधिबेशन व्यवस्थित गर्न १०१ सदस्यीय मुल आयोजक कमिटी बनाएर अगाडि बढेका छौं । ७५ प्रतिशत तयारी भइसकेको छ । अधिबेशनका लागि सम्माननीय पूर्वप्रधानमन्त्री, नेपाली राष्ट्रिय धुकधुकी नेपाली राष्ट्रियताका धरोहर केपी ओली आउने निश्चित भइसकेको छ । यो राज्य बाहेक २२ वटा राज्यबाट प्रवासी नेपाली मंचका सदस्यहरुद्धारा छानिएका प्रतिनिधिहरुको उपस्थित हुने देखिएको छ । यो हप्ता प्रतिनिधिहरुको छनौटको कार्यमा व्यस्त छौं ।

मंचको स्थापना र मुल उद्धेश्यका बारेमा बताइदिनुस न ?
वास्तवमा प्रवासी नेपाली मंच संसारका प्राय सबै देशमा सक्रिय रहेको छ र अमेरिकामा पनि सक्रि छ । यसको मतलब यो संस्थाको कुनै लगाव अथवा यस संस्थाको कुनै जरा कहि छ भन्ने होइन, हामी निश्चित रुपमा अमेरिकामा बस्ने र एकखालका मन मिल्नेहरुको संस्था हो । यो अमेरिकी कानुन अनुसार स्थापना भएको हो । २०१२ मा विधिवत दर्ता भएको हो । यसको पहिलो अधिबेशन २०१३ मा न्यूयोर्कमा सम्पन्न भएको थियो । अहिले दोश्रो अधिबेशनको संघारमा जुटेका छौं ।
हामी अमेरिकामा रहेका अन्य नेपाली संस्था जस्तै नेपाल र नेपालीलाई माया गर्ने, नेपाली भषा संस्कृतिको जर्गेना गर्ने, र नेपाल र नेपालीलाई दुःख सुख पर्दा सहभागी हुने र आफूले सक्दो सहयोग गर्ने कामहरु गर्दै आएका छौं ।

देशको ठूलो राजनीतिक पार्टीको भातृसंस्था भनिन्छ नी यसलाई ?
प्रश्न एकदम सान्दर्भिक छ । धेरै मान्छेहरुले लगाउने यो आरोप पनि हो । म संस्थाको महासचिव र त्यसको संगठन विभागको प्रमुखको हैसियतले के भन्न चाहान्छु भने नेपाली प्रवासी मंच अमेरिकाले “फाइभ ओ वान सी” जसअन्तर्गत नन प्रोफिट र ननपोलिटिक्स अर्गनाइजेशनको रुपमा काम गरिरहेको छ । जो सँग आर्थिक र राजनीतिक कामहरु हुँदैन । त्यसअन्तर्गत संचालित संस्थालाई कसैले आरोप लगाउँछ भने त्यो आरोप मात्रै हो । निश्चितै रुपमा हिजो नेपालमा हुँदा तपाइ हामी सबै कुनै न कुनै विचारको समर्थन गथ्र्यौ, कुनै न कुनै विचारसँग नजदिक थियौं, कुनै न कुनै विचारको नेतृत्व गथ्र्यौ । तर, अमेरिका हाम्रो भूमि होइन हामी प्रष्ट छौं । बाध्यता विवशता वा रहरले अमेरिका आए पनि अमेरिकामा छौं । हाम्रा मन मिल्ने साथीहरुको वीचमा एर्काबीचमा सरसहयोगको लागि संस्था क्रियासील छ । योहाम्रो भूमि नभएकोले यहा कुनै खालको राजनीति क्रियाकलाप गर्न सक्तैनौ । जहाँ हाम्रो भूमि होइन त्यहाँ राजनीतिक गर्नु भनेको अपराध मान्छु । त्यसकारण हामी यहाँ जे गरिरहेका छौ हाम्रो मातृभूमिका लागि नेपाल र नेपालीका लागि जति सक्छौ त्यो गरिरहेका छौं ।

त्यसो भए केपी ओली नै किन आउनु पर्ने अधिबेशनमा ?
धन्यवाद । हामी धेरै हिसावले समानताका हिसावले काम गर्ने गर्छौ । नेपालको बर्तमान अबस्थामा राष्ट्र र राष्ट्रियता भन्दा ठूलो केही देख्दैनौ हामी । सम्पूर्ण नेपालीले सोच्नुपर्ने कुरा नेपाल रहे नेपाली रहन्छन । र अहिले पछिल्लो अवस्थामा जुन राजनीतिक गतिविधि र टकराव भएका छन्, अहिलेको सन्दर्भमा आदरणीय केपी शर्मा ओली राष्ट्रिताका पक्षमा मियो बनेर उभिनुभएको छ । उहाँ सिंगो राष्ट्रियताको नेतृत्व गरिरहुनु भएको पाएका छौ र मुलुकको अस्तित्वको लडाइमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । त्यसकारणले उहाँ एमालेको अध्यक्ष भएको कारणले नभई, पूर्वप्रधानमन्त्री र उहाँको प्रधानमन्त्रीत्व कार्यकालमा राष्ट्र र राष्ट्रिताका सवालमा जसरी बुलन्द झण्डा उठाउनु भयो, नेपाली स्वाभिमानको लागि जुन योगदान गर्नुभयो, त्यसको कदर स्वरुप नेपालको राष्ट्रिय नेता र राजनेताको रुपमा बोलाइएको हो ।

prabashi-munch

प्रवासी नेपाली मंचले अहिले सम्म गरेका कामहरु के के हुन ?
समाजमा परेका समस्यामा सहयोग गर्दै आएका छौं । कामको खोजी गर्नेहरु, डेराको खोजी गर्नेहरु र मर्दा पर्दा विभिन्न सहयोग गरिरहेका छौं । मातृभूमिको संकटमा सक्ने योगदान पनि गरिरहेका छौं । भूकम्प पीडितका लागि पनि सहयोग ग¥यौं । कोशीको बाढीपीडितका लागि पनि १० हजार डलर पठाएका थियौं । अर्को भूकम्प गएका बेला प्रचारका लागि अन्य संघ संस्थाले जस्तो चाउचाउ र कम्बल बाँडेनौ । प्रचारमा आउन खोजेनौ । मंचले आफ्नो सक्ति परिचालन गरेर ठूलो रकम जम्मा गरेर आत्मैदेखि प्रधानमन्त्री कोषमा सहयोग गर्यो । नेपालमा रहेको कमैया प्रथाका कारण पढ्न नपाएका बालबािलकाका लागि नियमित पढाइका लागि सहयोग गरेका छौं । जस्तै नेपालमै रहेर विभिन्न संघ संस्थाले गरेको एम्बुलेन्सको पहल तथा वृद्धाआश्रम बनाउने काममा पनि सहयोग गरिरहेका छौंं ।
साथै गोर्खाको दुर्गम गाउँमा रहेको एउटा स्कुल, हालसम्म कसैले पसन सहयोग गरेको थिएन । उक्त स्कुल प्रवासी नेपाली मंचको नाउँमा निर्माण गरिहेका छौं । यो मंचले अमेरिकामा विशुद्ध सामाजिक काम गरिरहेको छ । सामाजिक न्याय र कार्यका लागि अमेरिकी कानुन अनुसार काम गरिरहेका छौं ।

मंचमा नेतृत्व गर्ने अवसर आयो भने तयार हुनुहुन्छ ?
प्रश्न एकदम जायज छ । अधिबेशनका बेला सिंगो संगठनको महासचिवले नेतृत्व लिन्छ वा लिदैन भन्न भन्दा पनि प्रत्येक संगठनका नेताहरु पदीय जिम्मेवारीमा रहेका कारण नेतृत्वको लागि सक्षम र आकांक्षी हुन्छन । त्यसरी मंचको दोश्रो अधिबेशनमा पनि समकालिन साथीहरु धेरै हुनुुहन्छ । उहाँहरुसँग सरसल्लाह हुँदैछ । जहाँसम्म मेरो कुरा गर्दा आज भन्दा एकवर्ष अगाडि सिकागोमा रहेको दोश्रो बार्षिक साधारणसभाबाट बर्तमान अध्यक्ष संजय थापाले दोश्रो कार्यकालमा नेतृत्व नलिने घोषणा गरिसकेपछि मैले वरिष्ठ उवाध्यक्ष लगायतका साथीहरुसँग के छ भनेर नेतृत्वको विषयमा कुरा गर्दा उहाँहरुले नेतृत्वको लागि यसपाली इच्छा जाहेर गर्दैनौ भन्ने जवाफ आउनु र अध्यक्षले नदोहो¥याउने घोषणा गरेपछि स्वभावैले मैले आफ्नो उम्मेदवारी अगाडि बढाएको छु । अहिले सम्म सबै साथीको भावना बुझ्दा हाम्रो नेतृत्व सर्बसम्मत चयन हुने देखिएको छ । म नै योग्य हुँ, म भन्दा राम्रो कोही छ भन्ने होइन, अहिले सम्मको संगठनमा क्रियासीलता र निरन्तरता अनि संगठन प्रतिको मेरो लगावको मूल्यांकन गरेर साथीहरुले अबको नेतृव्व महासचिवले लिनुपर्छ\ गर्नुपर्छ भन्ने आम साथीहरुको चासो रहेकोले म अगाडि बढिरहेको छु ।

तपाइले मत जित्नेकी मन जित्ने ?
अब मैले साथीहरुको मन जित्नुपर्छ भन्ने छैन, तीनवर्षे कार्यकालको मेरो मूल्यांकन साथीहरुले गर्नुहुनेछ र त्यो मूल्यांकन मप्रति सहि हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको