Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न



20उद्धव मगर दोहाकतार । नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत फेबु्रअरी १७ का दिन सनैया नं. २७ रोटाना रेष्टुरेण्टमा अधिवेशन सम्पन्न भएको हो । ‘नेपाली महिलाको चाहाना, एकता र सहयोगमा विशुद्ध सामाजिक भावना’ भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशनमा गैर आवासिय नेपाली संघका अध्यक्ष विनेश तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वैचारिक संस्थाका पदाधिकारीहरु जनप्रगतिशिल मञ्च केन्द्र)का मोहन केसी, नेपाली प्रवासी मञ्चका रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार,जनसम्पर्क समितिका अब्दुलहफिम, साथै विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसैगरी सुस्मिता भूषालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको । जसको प्रथम उपाध्यक्षमा अमिना खान, द्धितीय उपाध्यक्षमा जानुका बस्नेत (खडका) महासचिवमा म्बिकाखत्री, सचिवमा इश्वरा थापा मगर, कोषाध्यक्ष्मा–मिना गैरे, सह–कोषाध्यक्षमा हिलारी तामाङ्ग (राई) र सदस्यहरुमा जानुका थापा मगर, वाइदा खातुन, सिता राई, अनु राई, बबिता तुम्बाफे नेवाङ, शर्मिला जोसी चयन भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम