back
CTIZAN AD

झण्डै एकवर्षपछि शिक्षक सेवा आयोगले पायो पदाधिकारी

वि.सं.२०७८ साउन १९ मंगलवार

795 

shares

१९ साउन, काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई आयोगको अध्यक्ष बनाएको हो ।

शिक्षकहरुको नियुक्ति एवं वृत्ति विकासमा भूमिका खेल्ने यस आयोगका सदस्यहरुमा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको थियो ।

०४१ सालमा गृह मन्त्रालयमा नायव सुब्बाबाट शुरु भएको रेग्मीको निजामती यात्रा ०४३ सालमा प्रशासन सेवामा अधिकृत भए पनि न्याय सेवाबाटै उनी ०४९ सालमा उपसचिव हुँदै ०६१ मा सहसचिव भएका थिए । लोक सेवा आयोगको सचिवबाट २०७४ कात्तिक ६ गते शिक्षा मन्त्रालयको सचिवमा सरुवा भएका थिए । २०७४ चैत २३ गते शिक्षाबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएपछि अवकास भएका हुन् । ०७० साल फागुन २९ गते सचिवमा बढुवा भएका रेग्मीले उपसचिव हुँदा शिक्षा मन्त्रालयको कानून शाखामा काम गरेका थिए ।

कानूनका जानकार मानिने रेग्मीले बेलायतबाट कानूनमा स्नातकोत्तर गरेका छन् । जन प्रशासनमा समेत स्नातकोत्तर गरेका रेग्मीको निजामती सेवामा अधिकाँश समय कानूनमै वितेको छ ।

गतवर्ष पुषमै आयोगमा पदाधिकारी छनौट गर्न गठित सर्च कमिटिले उनीहरुको नाम सिफारिस गरेको थियो । व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताबाट छनौटमा परे पनि मन्त्री परिषद्बबाट निर्णय हुन नसक्दा उनीहरुकाे नियुक्ति रोकिएको थियो ।

एक अध्यक्ष र दुई जना सदस्य (एक महिला अनिवार्य) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ ।पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार २०:४१ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...