back
CTIZAN AD

सङ्क्रमण बढेपछि चापाकोट नगरपालिका दश दिन बन्द गरियो

वि.सं.२०७८ साउन २० बुधवार

876 

shares

२० साउन, वालिङ । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।

नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए ।

नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य सङ्कटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए । नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी सङ्घ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उनले जानकारी दिए ।

“विश्वव्यापी महामारी तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको सङ्क्रणका कारण नगरभित्रका विभिन्न भागमा गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएकाले आकस्मिकरुपमा बन्द गर्ने निर्णय गरेका हौं”, प्रमुख गिरीले भने, “तीव्र गतिमा फैलिरहेको कोरोनाको रोकथाम तथा नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि यो कदम चालेका हौं ।”

वडा–वडामा सङ्क्रमण दर बढ्दै गइरहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न, अत्यावश्यक कामकाजबाहेक घरबाहिर ननिस्कन र निस्कुनपरेमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न अनुरोध गरिएको स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी बिन्दु कोइरालाले बताइन् ।

नगरपालिकाले सङ्क्रमितको व्यवस्थापनका लागि स्रोत व्यवस्थापन गरी १० श्ययाको आइसोलेशन केयर सेन्टर निर्माण गरेको छ । नगरपालिकामा मङ्गलबारसम्म आठ व्यक्तिको कोभिडका कारण मृत्यु भइसकेको छ भने ५२७ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३७० सङ्क्रमित निको भएका र १५७ सङ्क्रमित अस्पताल तथा होम आइसोलेशनमा छन् ।

वि.सं.२०७८ साउन २० बुधवार १७:०५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...