२० साउन, काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले बहु प्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा लन्च गरेको छ ।
नेपालमा होण्डा CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 RS ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।
एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।
नेपाली बजारमा यस CB 350 RS काे मूल्य रु ७,७५,००० तोकिएको छ ।
थप जानकारीका लागि इच्छुक व्यक्तिले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन ।
वि.सं.२०७८ साउन २० बुधवार १६:४९ मा प्रकाशित






























