back
CTIZAN AD

वार्ता कमिटीका सदस्यहरुले समय मागेपछि माधव समूहले गरेन विभाजनको निर्णय

वि.सं.२०७८ साउन २२ शुक्रवार

654 

shares

साउन २२, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकले पार्टी एकताको लागि पुनः एक पटक प्रयास गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले सात दिनको समय सीमा तोक्दै एकताको प्रयास गर्ने निर्णय गरेको हो ।

एमालेका एक स्थायी समिति सदस्यले बताएअनुसार पार्टी विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको लागि एक साताको समय मागेका थिए । उनीहरुलाई विवाद समाधान गर्न एक साताको समय सीमा तोक्दै बैठक सकिएको उनले बताए ।

‘उहाँहरुले हामी विवाद समाधान गर्न सक्छौं, तत्काल पार्टी विभाजन नगरौं भन्नुभयो’, संसार न्यूजसँग कुराकानी गर्दै उनले भने, ‘बैठकले बाहिर भन्दा छिटो तर भित्र एक साताको समय सीमा तोकेर विवाद टुंगाउनको लागि निर्देशन गरेको छ, यदि उहाँहरुले सक्नुभएन भने हामी नयाँ ढंगबाट जान्छौं ।’

उनका अनुसार बैठकमा कार्यदलका सदस्यबाहेक अधिकांश नेताहरुले पार्टी विभाजन गरेरै जानुपर्ने मत राखेका थिए । ‘ओलीसँग सकिन्न, यसरी निर्णय बिहिन बनिरहँदा हाम्रो अस्तित्व पनि हुन्न, छिटो निकास खोजौं भन्ने धेरै नेताहरुको स्पष्ट भनाई छ’, उनले भनेका छन् ।

१० बुँदेलाई टेकेर अन्य माग पुरा भए मात्रै एकता

बैठकले कार्यदलबीच भएको १० बुँदे सम्झौतालाई पूर्णं भएको नमानी थप अन्य विषयमा सम्झौता हुनुपर्ने निष्कर्ष निकालेको छ । उनका अनुसार बराबर हैसियतमा दुई वटा अध्यक्ष बनाउने, दुई जनाकै हस्ताक्षर चल्ने बनाउने, देशभरि बनेका समानान्तर कमिटीका नेताहरुलाई जिम्मेवारी दिने, पूर्वाग्रह नराख्नेलगायतका विषयमा सहमती हुनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

ओली पक्षले सिधै अस्वीकार गरेको विषयमा सम्भावना छ र ? भन्ने सन्दर्भमा उनले ती विषयलाई वार्ता कमिटीका साथीहरुले अस्वीकार नगरेको बताए । ‘उहाँहरुले ओली जी सकारात्मक हुनुहुन्छ, वार्ता कमिटीका साथीहरु सकारात्मक छन् भन्नुभएको छ, हामीसँग कुरा मिल्छ भन्ने कुरा उहाँहरुको छ’, उनले भने, ‘त्यसो भए मिलाउनुस् भन्ने बैठकको कुरा छ ।’

वि.सं.२०७८ साउन २२ शुक्रवार १७:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...