back
CTIZAN AD

भोलीदेखि १४ लाखलाई दोस्रो मात्राको खोप लगाइने, विदेश जाने नागरिकले पनि लगाउन पाउने

वि.सं.२०७८ साउन २४ आइतवार

837 

shares

२४ साउन, काठमाडौं । भारतीय कम्पनीद्धारा उत्पादित कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १४ लाख नागरिकले सोमबारदेखि खोप लगाउन पाउने भएका छन् ।

दोस्रो मात्रा खोपको पर्खाइमा रहेका ६५ वर्ष र सो भन्दा माथि उमेर समुहका झण्डै १४ लाख नागरिकले भुटान र जापान सरकारले उपलब्ध गराएको अस्ट्राजेनिक खोप लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचना अनुसार भोली साउन २५ गतेदेखि उक्त खोप अभियान सुरु गरिनेछ ।

‘भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् अनुदान स्वरुप प्राप्त हुने क्रमश २ लाख ३० हजार १६ लाख अस्ट्राजेनिका खोप प्रयोग गर्ने सन्दर्भमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोि भन्दा माथिका तथा अन्य सहित करिब १४ लाख व्यक्तिलाई सो खोपको दोस्रो खोप दिने गरी २०७८ साउन २५ गतेदेखि सबै प्रदेशमा क्रमश खोप अभियान सन्चालन गर्दै जाने ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

त्यस्तै कोभिसिल्ड खोप पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइ बाँकी रहेको उक्त खोप बैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने तथा मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्वूद रोगका विरामी लगायतका व्यक्तिलाई प्राथाकिताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ०९:२२ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...